एएनएमडीएको अध्यक्षमा डा. महेश ढकाल, यस्तो बन्यो नयाँ कार्यसमिति

मेलवर्न । अष्ट्रेलेसियन नेप्लिज मेडिकल एन्ड डेन्टल एसोसियसन (एएनएमडीए)को अध्यक्षमा डा. महेश ढकाल चयन भएका छन् । गत शनिवार तास्मानियमा सम्पन्न भएको एएनएमडीएको आठौं साधारणसभाले संस्थाको प्रगति विवरण र आर्थिक विवरण पास गर्दै नयाँ नेतृत्व चयन गरेको हो ।

तास्मानिया निवासी डा. ढकालको अध्यक्षतामा सन् २०२३-२०२५ को लागि गठित नयाँ कार्यसमितिको उपाध्यक्षमा डा. सुजता थपलिया (न्यू साउथ वेल्स ) र डा. मिलन पिया (न्यू साउथ वेल्स), महासचिवमा डा. सन्देश पन्थ (भिक्टोरिया), कोषाध्यक्षमा डा. मिरेन्द शाक्य (भिटोरिया) र सहसचिवमा डा. अम्रित पोख्रेल (न्यू साउथ वेल्स) चयन भएका छन् ।

यसैगरी कार्यसमिति सदस्य तथा राज्यका संयोजकहरु समेत तोकिएको छ । एसिटीमा डा. पवन प्याकुरेल, तास्मानिया संयोजकमा डा. निरज उप्रेती, नर्दन टेरिटोरीमा डा. रितेश भण्डारी, भिक्टोरियामा डा. विकाश वाग्ले, क्विन्सल्याण्डमा डा. अतुल धिताल, वेस्टर्न अष्ट्रेलियामा डा. नविन दंगाल, साउथ अष्ट्रेलियामा डा. अर्जुन बुर्लाकोटी चयन भएका छन् । यस्तै न्यू साउथ वेल्स राज्य संयोजक भने पछि चयन गरिने भएको छ । न्यूजिल्याण्ड संयोजकमा डा. निरन्जन शर्माले जिम्मा पाएका छन् ।

एएनएमडीएका वर्तमान अध्यक्ष डा. अनुपम पोखरेलले पद हस्तान्तरण गर्दै नवगठित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए । उनले आफ्नो कार्यकाल सफल बनाउन साथ दिने सम्पूर्ण कार्यसमिति सदस्य, सल्लाहकारहरु तथा अन्य सहयोगीहरुप्रति धन्यवाद दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय