आस्था नेपाली हिन्दू समाजद्वारा क्र्यानबर्न साउथमा पशुपतिनाथको मूर्ति स्थापना

मेलवर्न । आस्था नेपाली हिन्दु समाजले आराध्यदेव पशुपतिनाथको मन्दिर स्थापनाको औपचारिक शुरुवात गर्दै गत शनिबार १६ डिसेम्बरका दिन क्र्यानबर्न साउथमा पशुपतिनाथको मूर्ति स्थापना गरेको छ ।

हिन्दू विधि अनुसार पूजा गर्दै मन्दिर व्यवस्थापनका मुख्य पूजारी शंकर गौतमद्वारा पूजाआजासहित मूर्ति स्थापना गरिएको हो । सो अवसरमा पूजाआजासँगै उपस्थितहरूद्वारा आरती र भजन गर्नुका साथै सबै भक्तालुजनलाई प्रसाद वितरण गरिएको थियो।

मूर्ति स्थापना कार्यक्रमको सञ्चालन सहसचिव जनक गौतमले गरेका थिए भने समाजका अध्यक्ष डा. राजु अधिकारी, उपाध्यक्ष लाल प्रसाद कंडेल तथा महासचिव एकिन्द्र तिमिल्सेनाले आफ्नो मन्तब्य राख्दै सबैको सहयोगको अपेक्षा गरेका थिए । त्यस्तै टंक कंडेल लगायत अन्य समाजसेवीहरुले आआफ्नो भनाइ राख्दै आफ्नो पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।

दुई वर्षको समुदायसँग परामर्श पछि अप्रिल २०२३ मा आस्था नेपाली हिन्दू समाज भिक्टोरियाद्वारा पशुपतिनाथ मन्दिर अष्ट्रेलियालाई नियमानुसार दर्ता गरिएको थियो।

समाजका सहसचिव जनकराज गौतमले समाजको उद्देश्य यस मन्दिरलाई सबै आस्थाका समुदायका लागि पूजा र ध्यान र योगको ठाउँको रूपमा विकास गर्ने लक्ष्य रहेको बताए ।

समितिको अध्यक्षमा डा. राजु अधिकारी, उपाध्यक्षमा लालप्रसाद कँडेल, महासचिव डा. एकिन्द्र तिमिल्सेना, सहसचिव जनकराज गौतम, टोली प्रबन्धक डा. दीपकराज पन्त, मन्दिर व्यवस्थापन प्रमुख पुजारी शंकरप्रसाद गौतम रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय