मेलवर्न । हाम्रो कम्युनिटीले यस बर्षको क्रिसमसको अवसरमा क्रिसमस बार्बीक्यू कार्यक्रमसहित बालबालिकाहरुको हिज्जे प्रतियोगिता सम्पन्न गरेको छ ।
सोमबार २५ डिसेम्बरको दिन वेरेबी पार्कमा सम्पन्न भएको कार्यक्रममा ९ समूहमा गरी २७ नेपाली मूलका बालबालिकाहरु सहभागि रहेका थिए । जसमा लिया सापकोटाको टोलीले सबैभन्दा बढी अंक प्राप्त गर्दै हिज्जे प्रतियोगितामा प्रथम भएका छन् । विजेता लिया सापकोटा, सोफी सापकोटा र ओसिका सापकोटालाई ट्रफीसहित सम्मान गरिएको थियो ।
रमेश मरासिनी, हिमा सापकोटा र लक्ष्मण सापकोटाले मूल्यांकन गरेको उक्त प्रतियोगितामा स्कोरिँगको भूमिका सुभास घिमिरेले गरेका थिए भने सन्चालन अनिश गैरेले गरेका थिए ।
अष्ट्रेलियामा हुर्कर्दै गरेका बालबालिकाहरुलाई नेपाली भाषाको ज्ञान बढाउन मद्धत गर्ने उद्धेश्यको साथमा हाम्रो कम्युनिटीले हरेक बर्ष हिज्जे प्रतियोगिता गर्दै आएको अध्यक्ष प्रकाश अर्यालले जानकारी दिए ।
केही समयमा भिक्टोरियामा रहेका नेपाली बाल पाठशालाहरुका बालबालिकाहरु सहभागि हुने गरि अन्तर विद्यालय स्तरीय हिज्जे प्रतियोगिता सन्चालन गर्ने तयारी समेत भइरहेको जानकारी दिएका छन् ।
हिज्जेसँगै हाम्रो कम्युनिटीले नाचगान सहित क्रिसमस बार्बीक्यू सम्पन्न गरेको हो । मौसमको खराबीका बाबजूद नेपालीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।