न्याभको साधारण सम्पन्न, यस्तो छ अध्यक्ष र कोषाध्यक्षको प्रतिवेदन

मेलवर्न । नेपाली संघ भिक्टोरियाको बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतवार ब्रन्सविक इस्टस्थित साइप्रस कम्युनिटी हलमा भएको उक्त साधारणसभामा न्याभ अध्यक्ष प्रेमराज उप्रेतीले यस अवधिमा भएका महत्वपूर्ण कार्यहरू प्रकाश पार्दै विस्तृत प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष डा. याकिन्द्र तिमिल्सेनाले २०२२ जुलाई १ देखि २०२३ जुन ३० सम्मको आर्थिक वर्षको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सभाले अध्यक्षको प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा २०२२ मा भएको पछिल्लो वार्षिक साधारणसभाको कार्यविवरणलाई सर्वसम्मतिले अनुमोदन गरेको छ। कार्यसमितिले आफ्नो कार्यकालको पहिलो वर्षमा गरेका प्रयास र उपलब्धिहरूको उपस्थितहरुले प्रशंसा गरेका छन्।

अध्यक्ष उप्रेतीको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा संस्थाका पूर्व अध्यक्षहरु, वर्तमान कार्यसमितिका पदाधिकारीहरु, सल्लाहाकार समितिका पदाधिकारीहरु आजीवन तथा साधारण सदस्यहरुको उपस्थिती रहेको थियो ।

यस्तै एनआरएनए भिक्टोरियाका अध्यक्ष मणि रत्न सापकोटा, एनआरएनए अष्ट्रेलिया पूर्व अध्यक्ष केशव कंडेल, फेन्काका प्रवक्ता डा. भोला गिरी, एएनएमसी अध्यक्ष गान्धी प्रसाद भट्टराई, जनसम्पर्क समिति अध्यक्ष विनित राज शर्मा सहित एनआरएनए, फारवेस्ट नेप्लिज कम्युनिटी, एनएनसीआइ, आरडब्लुसी लगायत विभिन्न नेपाली सामुदायिक संघसंस्थाका नेतृत्व तथा प्रतिनिधिहरु सहभागि भएका थिए भने कार्यक्रममा अध्यक्ष र कोषाध्यक्षको प्रतिवेदनको विषयमा प्रश्नोत्तर पनि भएको थियो ।

कार्यक्रमको सञ्चालन न्याभका सचिव आलोक पौडेलले गरेका थिए । उक्त साधारणसभामा पेश गरिएको अध्यक्षको प्रतिवेदन हेर्न यहाँ क्लिक गर्नुहोस् । त्यस्तै कोषाध्यक्षको प्रतिवेदन हेर्न यहाँ क्लिक गर्नुहोस् ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय