मेलवर्नमा शुरू भयो १९ औं न्याभ कप, पहिलो दिन ६ खेलहरु सम्पन्न

मेलवर्न । नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) द्वारा आयोजित १९ औं न्याभ कप आइतवारबाट शुरू भएको छ । म्याक्सीम्याक्स एजुकेशन एन्ड माइग्रेसनले मुख्य प्रायोजन गरेको उक्त प्रतियोगिता जे सी डोनेथ रिजर्भ रिजर्भोयरमा एक औपचारिक कार्यक्रम सहित आइतवार उद्घाटन गरिएको हो ।

ब्रोडमिडोजका सांसद क्याथलिन म्याथ्यू, प्रेस्टनका सांसद नाथान लम्बर्ट, म्याक्सीम्याक्स एजुकेशन एन्ड माइग्रेसनका निर्देशक संकर धरेल, न्याभका संस्थापक अध्यक्ष राजु अधिकारी, एनआरएनए भिक्टोरिया उपाध्यक्ष महादेव धानुक लगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितीमा भएको उद्घाटन सत्रमा अतिथि द्धोय सांसद क्याथलिन र नाथानले न्याभ कपलाई सहयोग गर्ने वचन दिए ।

यस्तै न्याभको तर्फबाट अध्यक्ष प्रेम राज उप्रेती तथा मुख्य प्रायोजक म्याक्सीम्याक्सका निर्देशक शंकर धरेलले सांसदहरुलाई यस न्याभ कप सम्पन्न गर्नको निम्ती कार्यक्रम स्थल व्यवस्थापन तथा लोजिस्टिकको सहजीकरण गर्न आग्रह गरेका थिए । उद्घाटन सत्रको सञ्चालन न्याभका सचिव आलोक पौडेलले गरेका थिए ।

उद्घाटनको दिन आइतवार ६ खेलहरु भएका छन् । जसमा ट्राइकोन क्रिकेट क्लबललाई ब्राइटन एभरेष्ट क्रिकेट क्लबले ३ विकेटले हराएको छ । गोर्खा लायन्सलाई गुल्मी टाइगर्सले ४ विकेटले पराजित गर्यो भने एक्सपर्ट सगरमाथा ब्लुज र ग्रेस गोर्खालीवीच भएको प्रतिस्पर्धामा एक्सपर्ट सगरमाथा ब्लुजले १४७ रनको फराकिलो अन्तरले खेल जित्यो । रोयल राइनोज र यूनाइटेड वारियर्सवीच भएको प्रतिस्पर्धामा रोयल राइनोज क्रिकेट क्लबले २५ रनले जित्यो । यस्तै अघिल्लो न्याभ कपको विजेता फारवेस्ट हन्टर्स र हिमालयन क्रिकेट क्लबवीच भएको प्रतिस्पर्धामा फारवेस्ट हन्टर्सले १० रनले पराजित गर्यो । यस्तैगरी नारेकिग्स र माभेन क्रिकेट क्लबवीच भएको प्रतिस्पर्धामा २० रनले नारे किग्सले माभेनलाई हरायो ।

प्रतियोगितामा १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्दैछन् । जसमा फारवेस्ट हन्टर्स क्रिकेट क्लब, रोयल राइनोज क्रिकेट क्लब, एक्सपर्ट सगरमाथा ब्लुज, हिमालयन क्लब, ट्राइकन क्रिकेट क्लब, ग्रेस गोर्खाली क्रिकेट क्लब, ब्राइटन एभरेष्ट युनाइटेड क्रिकेट क्लब, युनाइटेड वारियर्स क्रिकेट क्लब, काठमाडौं क्यापिटल्स क्रिकेट क्लब, डाँफे स्ट्राइकर्स क्रिकेट क्लब, राइजिङ सन स्पोर्ट्स क्लब, चितवन क्रिकेट क्लब, चितवन राइनोज क्रिकेट क्लब, नारे किंग्स, गुल्मी टाइगर्स क्रिकेट क्लब, एभरेष्ट लायन र माभेन क्रिकेट क्लब रहेका छन् ।

न्याभ कपको प्रथम पुरस्कार ५ हजार डलर, द्वितिय पुरस्कार १ हजार ५ सय डलर, ट्रफी र मेडल रहनेछ । यस्तै व्यक्तिगत पुरस्कारहरु (म्यान अफ द म्याच, प्लेयर अफ द टूर्नामेन्ट) लगायतमा धेरै पुरस्कारहरु दिइने आयोजकले जनाएको छ ।

उक्त अवसरमा छ्रैठौं च्यारिटी कप पनि हुनेछ । उक्त कपमा संकलन भएको रकमले नेपाल क्रिकेट संघ (क्यान) लाई सहयोग गरी नेपालमा क्रिकेटको विकास र विकासमा टेवा पु¥याउने लक्ष्य रहेको न्याभले जनाएको छ ।

१० मार्चमा हुने ग्रान्ड फिनालेमा नेपाली क्रिकेटका दिग्गज दीपेन्द्र ऐरी र कुशल मल्ललाई सद्भावना दूत नियुक्त गरिएको छ । फाइनलमा ऐरी र मल्लसहित क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई नेपाली क्रिकेटमा उल्लेखनीय योगदान पुर्‍याएकोमा अभिनन्दन गरिनेछ ।

म्याक्सीम्याक्सको मुख्य प्रायोजन, होम्स इन्स्टिट्युटको सहप्रायोजन सँगै प्लेटिनम पार्टनर टाइम्स इन्टरनेशनल कलेज, हस्पिटालिटी पार्टनर ओल्ड दरबार, ट्राभल पार्टनर बुद्ध ट्राभल्स, किराना पार्टनर जाम किराना जाम नेपाली बजार, फोटोग्राफी पार्टनर फोटो स्टेशन, ड्राइभिङ पार्टनर अबिसा ड्राइभिङ स्कूल, गोल्ड पार्टनर डेस्टिनी होम्स, गुडविल फाइनान्स, एस्कन होम्स, एक्स्ट्राटेक, सिएरा होम्स, ब्लू लोटस कलेज, लौरस एजुकेशन, सपोर्टर्सहरुमा एभरेष्ट प्रोपर्टी, नारायण पुरोहित सेवा, नमस्ते रेमिटेन्स, एपीबी पार्टनर्स, बेटर च्वाइस मोर्टगेज, आरजे आउटडोर, सेन्ट्रल अस्ट्रेलियन कलेज, चौतारी मीट पसल, ल्यान्डभाइजर फाइनान्स, संगठनात्मक सहयोगी एनआरएनए अष्ट्रेलिया, एनआरएनए भिआईएस, एनएनसीआई र फारवेस्ट नेपाली समाज रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय