साउथ वेष्ट नेपलिज कम्युनिटीको नयाँ वर्ष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

तक्दीर अधिकारी

सिड्नी । साउथ वेष्ट नेपलिज कम्युनिटीको नयाँ वर्ष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।जनवरी १३ तारिख शनिवारओरन पार्कमा कम्युनिटीले मल्टिकल्चरल म्यूजिकल ईभेन्ट्स कार्यक्रमको आयोजना सहित नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको हो ।

नेपलिज मल्टिकल्चरको अभियानलाई सहयोग पुग्ने गरी आयोजित कार्यक्रममा साउथ वेस्ट नेपलिज कम्युनिटीका अध्यक्ष सुदिप ढकालले नयाँ वर्षको शुभकामना सहित बहुसांस्कृतिक समुदायलाई सहयोग पुर्याउने र सदस्यता बढवा दिने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको बताए । उनले हालसम्म भएका कार्यहरुको प्रस्तुतीराख्दै उपस्थित अतिथिहरुलाई मल्टिकल्चरल अभियानमा सहयोग गरिदिन आग्रह गरे । सदस्यता वितरणका लागि सबैले ध्यान दिन आग्रह गर्दै उनले सदस्यता वृद्धि गर्न सकेमा संस्थागत उद्धेश्य पुरा गर्न सहयोग पुग्ने समेत स्पष्ट पारे ।

क्यामेडेन काउन्सिलको डेप्यूटी मेयर टेरेशाले बहुसांस्कतिक समुदायसंगै नेपाली समुदायको उल्लेख्य बसोबासी रहेको यस क्षेत्र संगै मल्टिकल्चरल अभियानलाई आफुले सक्दो सहयोग गर्ने वताइन । त्यस्तै क्यामवेलटाउन काउन्सिलका काउन्सिलर मशुद चौधरीले यस अभियानका लागि जग्गा व्यवस्थापन संस्था आफैले गर्नुपर्ने भन्दै अन्य सहयोग गर्न क्यामवेलटाउन काउन्सिल तत्पर रहेको बताए । क्यामवेलटाउन काउन्सिलका अर्का काउन्सिलर मशुद खलिलले अस्ट्रेलियामा रहेका सबै समुदायबीचको आत्मियता बढाउँदै यसले उत्कृष्ट कार्य गर्न प्रेरित गर्ने बताए । कार्यक्रममा बोल्दै कम्युनिटी क्याम्पेनर माईकलले आफुले पनि बहुसांस्कृतिक समुदायसंग काम गरेको भन्दै आफु ५ औँ पुस्ता रहेको बताए । अनेकतामा एकता जोड्दै सबै समुदायलाई ससम्मान र सुविधाहरु रहेकाले आफुले सक्दो सहयोग गर्ने बताए ।

कार्यक्रममा साउथ वेल्स कम्युनिटीले मल्टिकल्चरलाई गरेको सहयोगको बारेमा वृत्तचित्र समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा अष्ट्रेलियालाई कर्म थलो बनाउदै आएका चर्चित गायक सञ्जिब पराजुली, गायिका स्वस्तिका ढकाल र डिजे सुशिलको विशेष सांगीतिक प्रस्तुती सहित अन्य मनोरञ्जनात्मक कार्यक्रमहरु समेत रहेका थिए । कलाकारहरुले आफ्नो प्रस्तुती दिँदा उपस्थित र अतिथि लगायत छमछमी नाँचेका थिए ।

साउथ वेस्ट नेपलिज कम्युनिटीका कोषाध्यक्ष मिन भुषालले कार्यक्रमको सञ्चालन गरेका थिए । कार्यक्रममा साउथ वेस्ट कम्युनिटीका पदाधिकारीहरु हरी अधिकारी, सुजन न्यौपाने, रञ्जन पाठक, सूर्य गौतम र साजन कार्की लगायतको कार्यक्रम व्यवस्थापनमा सक्रिय सहभागीता रहेको थियो । त्यसैगरी समाजसेवी एवम् आईसीसी सदस्य रमेश अधिकारी, विजय घिमिरे, विजय पल, सुमन न्यौपाने, तिर्थराज खतिवडा, प्रकाश बास्टाकोटी, सन्देश राज भण्डारी र गजेन्द्र गौचन विभिन्न समुदायका प्रतिनिधिहरू, विभिन्न व्यवसायीहरुको बाक्लो उपस्थिति रहेको थियो ।कार्यक्रमको मुख्य प्रायोजक ओपेरा प्रोपटी रहेको थियो भने अन्य व्यवसायहरुले सह-प्रायोजन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय