न्याभले क्रिकेटरहरुसंग एकैपटक मनायो स्थापना दिवस र अस्ट्रेलिया डे

२८ बर्षमा प्रवेश गर्यो न्याभ, केट काटेर खुशी साटासाट

मेलवर्न । नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ)ले यसपटकको न्याभ डे र अष्ट्रेलिया डे क्रिकेटरहरुसँग मनाएको छ । यही १४ जनवरीबाट जेसी डोनेथ रिजर्भमा शुरू भएको १९ औं न्याभ कप अन्तर्गत दोस्रो हप्ताको खेलको दिन आइतवार अष्ट्रेलिया दिवस र न्याभ दिवस मनाइएको हो ।

नेपाल र अष्ट्रेलियाको राष्ट्रिय गान तथा मन्तव्यहरु सहित मनाइएको उक्त कार्यक्रममा न्याभ अध्यक्ष प्रेम राज उप्रेती, एनआरएनए भिक्टोरिया उपाध्यक्ष महादेव धानुक, नेपाली समुदायका बरिष्ठ नेता सोमप्रसाद गुरुङ न्याभ सल्लाहाकारहरु लालप्रसाद कँडेल, रोशन दाहाल, सामुदायिक नेताहरु – एनएनसीआई उपाध्यक्ष विश्व खनाल, एनएनसीआई सचिव निर्दोष गिरी, मेलबर्न नेपालका अध्यक्ष शैलेश घिमिरे, एभरेष्ट फाइनान्सका राजेश कँडेल, गुड विल फाइनान्सका डिलन न्यौपाने लगायतको उपस्थिती रहेको थियो ।

उक्त अवसरमा न्याभका पूर्व अध्यक्ष सुरेन्द्र सेढाई लगायतको उपस्थितीमा केक काटेर न्याभ डे मनाईएको थियो । जसमा न्याभका वर्तमान कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, विभिन्न क्रिकेट क्लबका खेलाडी तथा नेतृत्वहरु, सामुदायिक संघसंस्थाका नेताहरुको उपस्थिती रहेको थियो ।

न्याभका सचिव आलोक पौडेलले सञ्चालन गरेको न्याभ कपमा कोषाध्यक्ष याकिन्द्र तिमिल्सिनाले धन्यवाद मन्तव्य दिएका थिए । अध्यक्ष उप्रेतीले न्याभले स्थापना कालदेखि नै न्याभले सामुदायिक कला संस्कृति भाषाको संरक्षण र प्रवर्द्धनमा काम गरिएको भन्दै यस अवधिमा साथ दिने सबैलाई धन्यवाद दिए ।

 

बदलिँदो समयसँगै चुनौतिहरू बढ्दै गएको भएपनि न्याभले समुदायको हितमा काम गर्न सक्दो प्रयास गरेको उनले बताए । न्याभको कर्मको समर्थनको लागि भिक्टोरियन राज्य सरकार, संघीय सरकार तथा नेपाली व्यावसायीहरु प्रति उनले आभार व्यक्त गरे ।

१९९७ मा स्थापना भएको न्याभले भिक्टोरियामा नेपाल र नेपालीहरु चिनाउन तथा नेपाली कला, संस्कृति, भाषाको विकास र विस्तारमा काम गर्दै आएको छ ।

हरेक बर्ष सञ्चालन हुँदै आइरहेको न्याभ कपको १९ औं संस्करण अहिले चलिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय