मेलवर्न । सामाजिक सन्जाल फेसबुकमा श्रीमतीको नाममा लामो स्टाटस लेख्दै रक्तदाता अर्जुन मैनालीले अमेरिकामा आत्मदाह गरेका छन् । अमेरिकाको नर्थ क्यारोलिनास्थित लट्टा नेचर प्रिजर्भस्थित पार्कमा उनको शव जलेको अवस्थामा फेला परेको हो ।
दुई सय पटकभन्दा बढी रक्तदान गरेका उनी एउटा भाडाको कार लिएर सो पार्कमा पुगेका थिए । उनी चढेको कार पनि जलेको अवस्थामा देखिएको कारण कारमै आगो लगाएर आत्मदाह गरिको आशंका गरिएको छ ।
मैनालीको शव अहिले नर्थ क्यारोलिना प्रहरीको प्यारामेडिकल टिमले अनुसन्धानका लागि लिएको त्याहाबाट पुरुषोत्तम ढकालले बताए । परिवारलाई प्रहरीले निधन पुष्टि गर्दै पत्र दिइसकेको पनि उनको भनाइ छ ।
घरमा आफ्नै सालो रमेश र सालोकी श्रीमती अस्मिता नाम गरेका व्यक्तिले यातना दिएको भन्दै उनले सुसाइट नोट नै फेसबुकमा लेखेर परलोकको यात्रा गरेको उल्लेख गरेका छन् ।
मैनालीले फेसबुकमा लामो स्टाटस लेख्दै आफूले आत्महत्या गर्न लागेको बताएका थिए । सो स्टाटसबारे बेल्जियमबाट एकजनाले फोन गरेर आफूलाई सुनाएपछि आफूले पढेर नर्थ क्यारोलिना प्रहरीलाई जानकारी दिएको ढकालले बताए ।
उनको स्टाटस जस्ताको तस्तै