एजेन्सी । भारतीय किसानले आज देशभर बन्द आह्वान गरेका छन् । संयुक्त किसान मोर्चासहितका किसान सङ्गठनहरूले संयुक्त रुपमा ग्रामीण भारत बन्द आह्वान गरेकाले दिल्लीसहितका राज्यहरूमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

आफ्नो काम छाडेर सडकमा उत्रिएका किसानहरूले कृषि ऋण मिनाहा हुनुपर्ने, उत्पादनको उचित मूल्य पाउनुपर्ने, विगतका आन्दोलनका क्रममा किसानविरुद्ध चलाइएका मुद्दा फिर्ता लिनुपर्ने माग राखेका छन् ।

उनीहरूको आन्दोलनलाई कांग्रेस, कम्युनिष्ट लगायतका पार्टीले पनि समर्थन गरेका छन् । किसानहरूले यही १३ फेब्रुअरीदेखि ‘दिल्ली जाऔं’ अभियान पनि सुरु गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय