न्याभ कपमा बालबालिकाहरुको क्रिकेट क्याम्प गरिदै, दिपेन्द्र ऐरी र कुशल मल्लले तालिम दिने

मेलबर्न । नेपाली संघ भिक्टोरिया (न्याभ) द्वारा आयोजित १९ औं न्याभ कपको अवसरमा बालबालिकाहरु लक्षित क्रिकेट क्याम्प हुने भएको छ ।

नेपाली राष्ट्रिय खेलाडीहरु दिपेन्द्र सिंह ऐरी र कुशल मल्लले भिक्टोरियामा हुर्कर्दै गरेका नेपाली बालबालिकाहरुलाई क्रिकेट तालिम दिने भएका हुन् । म्याक्सीम्याक्स एजुकेशन एन्ड माइग्रेसनको मुख्य प्रायोजन तथा होम्स इन्सिटटयुटको सह प्रायोजनमा आयोजित न्याभ कपको १० मार्चमा आयोजित फाइनल खेलको दिन ऐरी र मल्लले यहाँका बालबालिकाहरुलाई क्रिकेट तालिम दिने भएका हुन् ।

न्याभ अध्यक्ष प्रेम राज उप्रेतीले यसपटकको न्याभ कपको विशेष आकर्षणको रुपमा यहाँका बालबालिकाहरुलाई क्रिकेट तालिम दिन लागिएको जानकारी दिए ।
यहाँका नानीबाबुहरुलाई नेपाली राष्ट्रिय अल राउन्डर खेलाडी बाट तालिम दिँदा उनीहरुको क्रिकेटको सीप र क्षमतामा सकारात्मक प्रभाव पार्न र नेपाली क्रिकेट प्रतिको आकर्षण बढाउन मद्धत पुग्ने बताए । यहाँ हुर्कदै गरेका बालबालिकाहरुले नेपाली क्रिकेट खेलाडीहरुबाट क्रिकेट सिक्ने मौका रहेको भन्दै उप्रेतीले अभिभावकहरुलाई आफ्ना बालबालिकाको नाम दर्ता तत्काल गर्न आग्रह गरे ।

२६ फेब्रुअरीसम्म बालबालिकाको नाम दर्ता गर्न आग्रह गरिएको छ । तस्वीरमा रहेको गुगल फर्म मार्फत बालबालिकाहरुको नाम दर्ता गराउन सकिने भएको छ । सीट सिमित रहेको बताइएको छ । जेसी डोनेथ रिजर्भ रिजर्भाेयरमा यतिबेला न्याभ कप चलिरहेको छ ।

१७ क्रिकेट क्लबहरुको सहभागिता रहेको उक्त प्रतियोगिता यतिबेला क्वार्टर फाइनलमा पुगेको छ । आगामी आइतवार ३ मार्चमा क्यार्टर फाइनलका खेलहरु हुने भएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय