जनसम्पर्क राज्य समिति क्यानबेरा अस्ट्रेलियाद्धारा परराष्ट्रमन्त्री साउदसंग अन्तरक्रिया

सिड्नी । नेपाली जनसम्पर्क राज्य समिति क्यानबेरा अस्ट्रेलियाले नेपालका परराष्ट्रमन्त्री एनपी साउदसंग भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । सातौं हिन्द महासागर सम्मेलनमा भागलिन अष्ट्रेलिया आएका मन्त्री साउदसंग समसामयिक विषयमा अन्तरक्रिया र ध्यानाकर्षण सहित भेटघाट कार्यक्रम सम्पन्न गरिएको हो ।

१२ फेब्रुअरी सोमवार क्यानबेराको साउदन क्रस उडनमा सम्पन्न कार्यक्रममा जनसम्पर्क राज्य समिति क्यानबेरा अस्ट्रेलियाका संयोजक ललित मल्लको अध्यक्षता एवम् परराष्ट्र मन्त्री एनपी साउदको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा परराष्ट्रमन्त्री साउदलाई विभिन्न ३ वटा समसामयिक विषयमा ध्यानाकर्षण गराईएको थियो ।  अवसरमा डा. सिताराम घिमिरेले नागरिकता विधेयकमा रहेका त्रुटीहरु, बाधाहरुका विषयमा प्रष्टिकरण दिए । त्यस्तै डा. कृष्ण हमालले गैर आवासीय नागरिकहरुले कसरी नेपालमा लगानी गर्ने र लगानीको वातावरण बनाउन के गर्ने भन्ने विषयमा प्रस्तुती राख्दै नीतिगत परिवर्तन जरुरी रहेको बताएका थिए ।

त्यस्तै डा. राजु अधिकारी र राजन ढुंगेलले जनसरोकार र दुतावासको सेवाका विषयमा धारणा सहित प्रस्तुती राखेका थिए । उनीहरुले टाढाबाट दुतावाससम्म आउँदा झण्झट बेहोर्नु परेको, र भिसा कार्यालय भारतमा कार्यालय हुँदा दुख भएको भन्दै नेपालमै दूताबास स्थापना गर्नुपर्ने बताएका थिए । कार्यक्रममा एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले विभिन्न समसामयिक विषयका बारेमा ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पत्रमा अस्ट्रेलियाको डायस्पोराको नागरिकहरुको आवाज समेटिएको र नागरिकता, राहदानी, भिसा अफिसहरु लगायतका विषयमा ध्यानाकर्षण गराईएको बताईएको छ ।

कार्यक्रममा आएका विषयहरु माथि प्रष्ट पार्दै मन्त्री साउदले नागरिकता विधेयक र गैरआवासीय नेपाली नागरिकता लगायतका विषयमा सहभागीहरुलाई स्पष्ट पारेका थिए । उनले सरकारले ई पासपोर्ट अर्थात अनलाईन माध्यमबाट नै सबै सेवा प्रवाह गर्ने र अध्यागमन विभागको सेवालाई पनि अनलाईन गर्ने गरी अगाडी बढाएको बताए । त्यस्तै मन्त्री साउदले वैदेशिक लगानीहरु कसरी भित्राउने, सुरक्षित वैदेशिक रोजगार लगायतका विषयमा बोलेका थिए ।कार्यक्रममा बोल्दै अस्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले दूताबासको कार्यलाई कसरी छिटो छरितो बनाउने भन्ने विषयमा आफु लागिपरिरहेको बताए ।

कार्यक्रममा जनसम्पर्क समिति अस्ट्रेलिया र एनआरएनए अस्ट्रेलियाले भिन्ना भिन्नै ज्ञापन पत्र वुझाएका थिए भने    जनसम्पर्क समिति अस्ट्रेलियाका अध्यक्ष सुरेश गुरुङ, पूर्व अध्यक्ष  कृष्ण गिरी, जनसम्पर्क राज्य समिति न्यू साउथ वेल्स संयोजक सितल खाँड, एनआरएनए सचिव डा. ज्ञानेन्द्र रेग्मी, एनआरएनए अस्ट्रेलियाका प्रतिनिधि,एन्जाका संस्थापक अध्यक्ष हेमन्त काफ्ले , हिन्दु महासंघका उपा अध्यक्ष जोशना अधिकारी साउद ,एनएडीफ पूर्व अध्यक्ष बिबेक थापा  लगायतले मन्तव्य व्यक्त राखेका थिए । कार्यक्रममा क्यानबेरा, मेलवर्न र सिड्नीबाट विभिन्न सघं संस्थाका कम्युनिटी लिडरहरुको सहभागीता रहेको थियो ।कार्यक्रममा जनसम्पर्क राज्य समिति क्यानबेराले परराष्ट्रमन्त्री एनपी साउद लाई मायाको चिनो समेत प्रदान गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय