ओएनएफ न्यू साउथ वेल्सले मार्च २ मा तेस्रो अधिवेशन गर्दै

सिड्नी । नेपाल कम्युनिष्ट पार्टी एमाले सम्बद्ध प्रवास स्थित संगठन प्रवासी नेपाली मञ्च (ओएनएफ) एनएसडब्लुले आफ्नो अधिवेशनको तैयारी तीब्र रुपमा अगाडी बढाएको छ । राज्य समितिको  मार्च  २ तारिख झरना फन्सन सेन्टर सिड्नीमा  बिहान ११ देखी ३ बजे सम्म  हुने अधिवेशनका लागि विभिन्न तैयारीका कामहरु धमाधम अगाडी बढेका छन् । भने अधिवेशन सफल पार्न विभिन्न आयोजक समितिहरु समेत गठन गरिएको छ ।

केही दिन अगाडी मञ्चका एनएसडब्लु अध्यक्ष कृष्ण सापकोटाको अध्यक्षतामा बसेको बैठकले उनकै संयोजकत्वमा १९ सदस्यीय आयोजक समिति गठन गरेको छ । जसको सह संयोजक सिताराम घिमिरे र सचिवमा शिव पौडेल तथा सदस्यहरुमा दिवाकर काफ्ले, सरोज सुवेदी, सशांक बस्याल, रमेश अधिकारी, नविन खनाल, मोहन भण्डारी, अन्जन सोनी, हरि भण्डारी, अशोक उप्रेती, विशाल जित अधिकारी, आशिष बराल, ऋषिराम सापकोटा, शुशिल अर्याल, जनक पाण्डे रहेका छन् । भने दुई सदस्य बैठकबाट थप गरिने संयोजक सापकोटाले बताए । संयोजक सापकोटाका अनुसार अधिवेशनले विगतमा संस्थाबाट भएका कार्यसम्पादन प्रति समिक्षा सहित आगामी दुई वर्षे कार्यकालका लागि योजना निर्माण गर्नेछ । भने नयाँ नेतृत्व समेत चयन गर्नेछ । उनले कार्यक्रम कहाँ गर्ने र कसरी गर्ने भन्ने विषयमा अझै वृहत रुपमा अर्को बैठकमा छलफल पछि निणर्य हुने बताए ।

मञ्चले नेपालीहरुका महान पर्व विजया दशमी तथा शुभ दिपावलीको शुभकामना आदान प्रदान सहित मदन आश्रित स्मृती दिवसको अवसरमा रक्तदान कार्यक्रम समेत आयोजना गर्दै आईरहेको छ । त्यस्तै नेपाली नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रम समेत गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय