झापाली समाज अस्ट्रेलियाको अधिवेशन सम्पन्न : अध्यक्षमा अशोक उप्रेती निर्वाचित
सिड्नी । झापाली समाज अस्ट्रेलियाको अधिवेशन सम्पन्न भएको छ । १७ फेब्रुअरी  शनिवार सिड्नीको रक्की प्वाईन्ट स्थित तोरउड फन्सन सेन्टर सानसुचीमा सम्पन्न अधिवेशनले अशोक उप्रेतीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । नवगठित समितिको उपाध्यक्षमा ज्वलन्त खतिवडा, महासचिवमा ज्योति सिटौला, सचिव प्रकाश पौड्याल र कोषाध्यक्षमा दिपेन्द्र ओडारी लगायत चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा अमित श्रेष्ठ, कौशलराज निरौला, दिवसजंग रायमाझी, पोणिन्द्र निरौला, नारायण गौतम (नविन), दिपेन्द्र बुढाथोकी, सृजना पाण्डे प्रसाईं, कृष्ण विमली किरण र दिपेश मिश्र लगायत छन् । संरक्षकहरुमा दिनेश पोखरेल, दिपक खनाल, दिपक चुडाल, उमेश पोखरेल र निरन्जन प्रसाईलाई चयन गरिएको छ ।
 अध्यक्षमा निर्वाचित भएपश्चात अध्यक्ष उप्रेतीले झापाली समाज अस्ट्रेलियाले विगतमा गरेका राम्रा कार्यहरुको अनुसरण गर्दै नयाँ योजनाका साथमा नमुना कार्य गर्ने संस्थाको रुपमा परिचित गर्ने बताए ।कार्यक्रममा निवर्तमान अध्यक्ष रञ्जन प्रसाईले समाजले गरेका अहिलेसम्मको गतिबिधिहरुको बारेमा जानकारी गराउँदै विभिन्न क्षेत्रमा गरेका सामाजिक कार्यहरुको बारेमा प्रष्टाएका थिए ।
 एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले झापाली समाज अस्ट्रेलिया पनि अन्य संस्थाहरुसंग जस्तै अत्यन्तै उत्कृष्ट कार्यहरु गरेको भन्दै सामाजिक कार्यमा लाग्दै गर्दा व्यक्तिगत वृद्धि विकास समेत हुने हुँदा यस्ता संस्थामा लाग्नुपर्ने धारणा व्यक्त गरे । उनले समाजसंग सहकार्य गरेर अगाडी बढ्न एनआरएनए र आफु व्यक्तिगत रुपमा पनि सदैव प्रतिबद्ध रहने बताए ।
अन्तराष्ट्रिय झापाली सञ्जालका पूर्व अध्यक्ष दिनेश पोखरेलले झापाली समाजको ईतिहासको बारेमा धारण राख्दै सन् २०१३ सालमा स्थापित समाजले गृह जिल्ला झापामा हालसम्म २ करोड भन्दा माथि सहयोग प्रदान गरिसकेको बताए । उनले गृह जिल्लाका विभिन्न विपत्तिहरुमा समाज सदैव अग्रस्थानमा रहेर सहयोग गर्दै आएको प्रष्ट पारे ।
कार्यक्रममा एनआरएनए आईसीसी सचिब ज्ञानेन्द्र रेग्मी,  ओसिनिया राज्य क्षेत्र संयोजक दिनेश पोखरेल,  आइसीसी सल्लाहकार दिनेशराज जोशी, एनआरएन अष्ट्रेलिया पूर्वअध्यक्ष नन्दु गुरुङ, अष्ट्रेलियन नेप्लीज जर्नालिष्ट एसोसिएसन संस्थापक अध्यक्ष हेमन्त काफ्ले, एन्जा  उपाध्यक्ष प्रकाश हुमागाई, रुपन्देही सामाजिक संजालका अध्यक्ष दिवाकर काफ्ले,  झापाली समाजका पूर्व अध्यक्ष उमेश पोखेरल, दीपक चुडाल , अगुवा भूपाल सिटौला ,प्रवासी नेपाली मञ्च न्यू साउथ वेल्स संयोजक कृष्ण सापकोटा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा अस्ट्रेलिया स्थित विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधि, अगुवा, सामाजिक अभियान्ता लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय