एनआरएनए अष्ट्रेलियाको लेटरहेड दुरुपयोग गरी भिजा आवेदन दिइएको खुलासा

मेलवर्न । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले आफ्नो लेटरहेड दुरुपयोग गरिएको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले विहिबार एक विज्ञप्ती जारी गर्दै एनआरएनएको लेटरहेड दुरुपयोग गरेर नेपालबाट पण्डित बोलाउन खोजिएको र भिजा पनि अप्लाई गरिएको घटनाप्रति ध्यानाकर्षण भएको बताएका छन् ।

आगामी मार्च २४ तारिख सिड्नीको बरउडमा आयोजना गरिने होली कार्यक्रमका लागि नेपालबाट पुरोहित बनाई एक व्यक्तिलाई कार्यक्रममा निमन्त्रण गरिएको पत्रमा एनआरएनएको लेटरहेड र यसका अध्यक्ष पोखरेलको हस्ताक्षर दुरुपयोग गरिएको पाइएको छ ।

अध्यक्ष पोखरेलले उक्त नक्कली पत्र बनाएर भिजा अप्लाइ गरिएको विषयमा अष्ट्रेलियाको इमिग्रेसन विभाग र संघीय प्रहरीमा रिपोर्ट गरि कारवाहीको माग गरिएको छ ।

पछिल्लो समय नेपालबाट नक्कली कलाकार, पत्रकार, खेलाडी बनाएर अष्ट्रेलिया बोलाउने र विद्यार्थी भिजा अप्लाई गरिदिने भन्दै लाखौं रकम असुली भइरहेको भेटिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय