हाम्रो कम्युनिटीद्वारा मेलवर्नमा रक्तदान

मेलवर्न । हाम्रो कम्युनिटी मेलवर्नले रक्तदान सम्पन्न गरेको छ । संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत आफू पनि बाँचौ अरुलाई पनि बचाऔं भन्ने मूल नाराको साथमा यही वेरेवी डोनर सेन्टरमा रक्तदान सम्पन्न गरेको हो ।

संस्थाका सदस्य कृष्ण पैयानीको संयोजकत्वमा सम्पन्न भएको उक्त रक्तदान कार्यक्रम मार्फत कुल १७ जनाले रक्तदान गरेका हुन् ।

जसमा सुभाष घिमिरे, रमेश अर्याल र विष्णु पैयानीले प्लाज्मा दान गरेका छन् भने अन्य रक्तदाताहरुले रगत दान गरेका कार्यक्रम संयोजक कृष्ण पैयानीले जानकारी दिए ।

हाम्रो कम्युनिटीले विगत देखि नै यसप्रकारको गतिविधिमा संलग्न हुँदै आएको भन्दै उनले हाम्रो कम्युनिटले रक्तदान आयोजना गरेको यो तेस्रो पटक भएको समेत बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय