नेप्लिज कम्युनिटी टेनिस क्लब भिक्टोरियाले अन्तर राज्यस्तरीय लन टेनिस प्रतियोगिता गर्दै

मेलवर्न । नेप्लिज कम्युनिटी टेनिस क्लब (एनसिटीसी) भिक्टोरियाले अन्तर राज्यस्तरीय लन टेनिस आयोजना गरेको छ । क्याम्ब्रिज टेनिस क्लब हपर्स क्रसिँगमा आयोजित उक्त प्रतियोगिता यही ९ र १० मार्चमा सञ्चालन हुन लागेको हो ।

उक्त प्रतियोगितामा क्विन्सल्याण्ड, साउथ अष्ट्रेलिया, नर्दन टेरिटोरी र भिक्टोरियाबाट खेलाडीहरुले प्रतिस्पर्धा गर्ने भएका एनसिटीसी भिक्टोरियाका सदस्य शंकर अर्यालले जानकारी दिए ।

अजी फाइनान्स एन्ड होमलोन्स मेलबर्नको मुख्य प्रायोजनमा आयोजित उक्त प्रतियोगितामा टीयर १ अन्तर्गत प्रथम हुनेले ६०० र उपविजेताले ४ सय डलर पुरस्कार पाउनेछन् । त्यस्तै टीयर २ मा प्रथम हुनेले ४ सय र उविजेताले २५० तथा ओपनतर्फ विजेताले ५ सय र उपविजेताले ३ सय डलर पुरस्कार पाउनेछन् । यसैगरी विजेताहरुले ट्रफीहरु पनि पाउनेछन् ।

आईसीएस इन्टरनेशनल, डेस्टिनी लिभिँग, एइएक्स प्रपर्टी, फुल्ली प्रोमेटेड क्याम्बलफिल्ड, सफायर इस्टेट एजेन्ट्स, र इन्भायरोस्प्रेले सहप्रायोजन गरेको उक्त प्रतियोगितालाई नेपाली संघ भिक्टोरिया न्याभले संस्थागत प्रोत्साहन सहयोग गरेको छ ।  एनसिटीसीका सचिव भिष्म गौतमले एनसिटीसी भिक्टोरियाको नेपाली समुदायमा टेनिसलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको भन्दै पछिल्लो समय टेनिसमा नेपालीहरुको लगाव बढ्दै गएको बताए ।

एनसिटीसी भिक्टोरियाले पछिल्लो समय मेलवर्नमा टेनिस प्रतियोगिताहरु गरिरहेको भन्दै आगामी दिनमा पनि नेपाली समुदायलाई टेनिससँग जोड्ने कार्य जारी नै रहने समेत बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय