मेलवर्न । नेप्लिज क्रिकेट एसोसियसन अफ भिक्टोरियाको आयोजनामा भिक्टोरियन नेपाली लिग सिजन १ शुरू भएको छ । २०२० लिग अनुसार सन्चालन भइरहेको उक्त क्रिकेट प्रतियोगितामा ५ समूहहरु सहभागि रहेका छन् ।
एभरेष्ट होम लोन्स एन्ड फाइनान्सको मुख्य प्रायोजन रहेको उक्त प्रतियोगितालाई एमबीआर क्रिकेटले सहयोग गरेको छ । २५ फेब्रुअरीमा टि डब्लु ब्लाक पार्कमा भएको पहिलो चरणको खेलमा राइजिङ्ग सन स्पोर्टस क्लब र ग्रेस गोर्खाली तथा नारे किँग्स र त्रिशुली थन्डर्स क्रिकेट क्लबवीच प्रतिस्पर्धा भएको छ ।
जसमा राइजिङ्ग सन स्पोर्टस क्लबले ग्रेस गोर्खालीलाई ५४ रनले हराएको छ । २० ओभरमा चलेको खेलमा राइजिङ्ग सन स्पोर्टस क्लबले दिएको २०३ रनको टार्गेट ग्रेस गोर्खालीले भेटाउन सकेन । ग्रेस गोर्खाली १४८ रन बनाउँदै आउट भयो । राइजिङ्ग सनबाट सुबास क्षेत्रीले ६२ बलम १०३ रन जोड्न सफल भए । त्यस्तै मनोज तुम्बाहाम्फेले ३२ बलम ३६ रन जोडे यता ग्रेस गोर्खालीबाट सुलभ पौडेलले ३४ बलम ४३ रन जोडे । जेम्स थापाले ग्रेस गोर्खालीको २ विकेट लिए भने अमृत शर्मा र आशिष अधिकारीले राइजिङ सनको दुई दुई विकेट लिए ।
यस्तै नारे किँग्स र त्रिशुली थन्डर्सवीचको खेलमा ६ विकेटले त्रिशुली थन्डर्सले जित दर्ता गरेको छ । नारे किँग्सले दिएको ९१ रनको लक्ष्य त्रिशुलीले १३.१ ओभरमै भेट्टाएको थियो । नारे किँँग्सबाट उज्जवल केसीले १३ रन, किशोर कंडेल र पवन थापाले समान १० रन जोडे । त्यस्तै बलिङतर्फ विज्ञान अर्यालले त्रिशुली थन्डर्सको ४ विकेट लिए भने श्रीधर पोखरेलले ३ विकेट लिए । यता त्रिशुली थन्डर्सबाट हिमाल भट्टराईले ४३ रन तथा सन्तम गिरीले २१ रनको योगदान गरे । बलिङतर्फ किशोर कंडेल, पवन थापा र सुनिल खनालले नारे किँग्सको एक एक विकेट लिए ।
अयोजकले दिएको जानकारी अनुसार ३ मार्चको दिन टि डब्लु ब्लाक पार्क प्रेस्टनमा बाँकी खेलहरु हुनेछन् । जसमा त्रिशुली थन्डर्स र ग्रेस गोर्खाली तथा राइजिङ सन र रोयल राइनोज क्रिकेट क्लबवीच प्रतिस्पर्धा हुनेछ ।
विजेता टोलीले ट्रफी, मेडल, प्रमाणपत्र र नगद पुरस्कार प्राप्त गर्ने आयोजक सदस्य मनिष भुसालले जानकारी दिए । एनसीएभी केही समय अघि मात्र स्थापना भएको भन्दै उनले भिक्टोरियामा रहेका सबै क्रिकेट क्लबहरुलाई लिएर लिग सन्चालन गर्ने लक्ष्य रहेको बताए ।