एनसीएभीद्वारा आयोजित भिक्टोरियन नेपाली लिग सिजन १ः रोचक भए दोस्रो चरणका खेलहरु

मेलवर्न । नेप्लिज क्रिकेट एसोसियसन अफ भिक्टोरियाद्वारा आयोजित भिक्टोरियन नेपाली लिग सिजन १ अन्तर्गत दोस्रो चरणका खेलहरु सम्पन्न भएका छन् ।

एभरेष्ट होम लोन्स एन्ड फाइनान्सको मुख्य प्रायोजन रहेको उक्त प्रतियोगितामा ५ क्रिकेट क्लबहरुको सहभागिता रहेको छ । ३ मार्चमा भएको दोस्रो चरणको खेलमा राइजिंग सन स्पोर्टस क्लबले रोयल राइनोज क्रिकेट क्लबलाई १३ रनले हराएको छ ।

राइजिंग सनले दिएको १६५ रनको लक्ष्य पच्छयाएको रोयल राइनोजले २० ओभरमा ५ विकेट गुमाएर १५२ रन बनायो । राइजिंग सनका कप्तान मनोज तुम्बाहाम्फेले ३४ बलम ४५ रन जोडे, आशिष अधिकारीले २२ बलम ३३ रन जोड्न सफल भए । यस्तै जनम गुरुंङ, राज गुरुं ङ, सुमन गौतम, सौरभ आचार्यले राइजिंङ्ग सनको दुई दुई विकेट लिए । यता रोयल राइनोजको तर्फबाट ब्याटिंग गरेका सुमन श्रेष्ठले ३८ बलम ३८ रन जोडे, सोनाक्स सिलवालले २६ बलम ३१, समुन्द्र रायमाझीले १४ बलम २६ रन जोडे भने आशिष अधिकारी र मनोज तुम्बाहाम्फेले राइजिंग सनको लागि २ विकेट लिए ।

यस्तै त्रिशुली थन्डर्स र ग्रेस गोर्खालीवीच भएको प्रतिस्पर्धामा ग्रेस गोर्खालीले ९४ रनले खेल जितेको छ । ग्रेस गोर्खालीले दिएको २४८ रनको लक्ष्य पच्छ्याएको त्रिशुली थन्डर्सले १५३ रन बनाएर आउट भयो । ग्रेस गोर्खालीको लागि कप्तान नितिनले ५८ बलमा १०७ रन जोडे, बिमल केसी र निर्माण वाग्लेले २५ रन जोडे । बलिङतर्फ श्रीधर पोख्रेल र धर्मराज बेलबासेले ३ विकेट लिए ।

यता त्रिशुली थन्डर्सतर्फ कप्तान निमा दिमदुङ्ग ४२ बलमा ५६ रन, हिमाल भट्टराईले २० बलमा २३ रनको योगदान दिए र बिमल केसी र प्रमोद गुरुङले २ तथा शिशिर पौडेल र जेम्स थापाले ग्रेसको समान १ विकेट लिए ।

टि डब्लु ब्लाक पार्कमा भएको उक्त प्रतियोगिताको बाँकी खेलहरु १७ मार्चमा हुने आयोजक नेप्लिज क्रिकेट एसोसियसन अफ भिक्टोरियाका सदस्य मनिष रत्न भुसालले बताए । जसमा त्रिशुली थन्डर्स र राइजिङ सन तथा नारे किङ्गस र रोयल राइनोजवीच प्रतिस्पर्धा हुने उनले बताए । विजेता टोलीले नगद पुरस्कारसहित मेडल र ट्रफी प्राप्त गर्नेछन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय