गुल्मी समाज भिक्टोरियाको अध्यक्षमा टंक कंडेल, सचिवमा अनिल अर्याल

मेलवर्न । गुल्मी समाज भिक्टोरियाको अध्यक्षमा टंक कंडेल चयन भएका छन् । सोमबार हंग्री हाइकर इन्डियन तथा नेपाली रेष्टुरेन्टमा भएको बार्षिक साधारण सभा तथा अधिवेशनले कंडेलको अध्यक्षतामा नयाँ कार्यसमिचि चयन गरेको हो।

जसको उपााध्यक्षमा रामचन्द्र पोखरेल, महासचिवमा अनिल अर्याल, सहसचिवमा गरिमा रायमाझी र कोषाध्यक्षमा दीपक सापकोटा चयन भएका छन् । बाँकी रहेका पदहरुको परिपूर्ति नवगठित कार्यसमितिको बैठकले गर्ने जनाइएको छ ।

साधारणसभामा अध्यक्ष गौतम र पूर्व अध्यक्ष खरेलले आ आफ्नो कार्यकालमा भएका प्रगतिहरुको विवरणसहित प्रतिवेदन सार्वजनिक गरेका थिए । २०२१ मा चयन भएको कार्यसमितिमा अध्यक्ष रहेका माधव खरेलले कार्यव्यस्तताको कारण २०२२ मा राजीनामा दिएपछि तत्कालिन सचिव प्रिया गौतमले अध्यक्षको रुपमा कार्यभार सम्हालेकी थिइन् ।

गुल्मी समाजले विभिन्न अवसरहरुमा सांस्कृतिक, खेलकुद कार्यक्रमहरु मार्फत भिक्टोरियाको गुल्मेली समाजलाई जोड्ने काम गरिरहेको उनीहरुको भनाइ थियो ।

यता नवगठित कार्यसमितिका अध्यक्ष कंडेलले संस्थाले राखेका उद्धेश्यहरु परिपूर्ति गर्नेगरी नयाँ शिराबाट अघि बढ्ने बताए । संस्थामा आउन सक्ने गुनासाहरुलाई सम्बोधन गर्दै यहाँ रहेका गुल्मीबासीहरुलाई एकजुट गर्ने अभियान अझै अघि बढ्नेछ, हामी सबैलाई समेटेर अघि बढ्छौं उनले भने ।

मेलवर्न नेपालका प्रवक्त समेत रहेका नवनिर्वाचित सचिव अनिल अर्यालले वर्तमान कार्यसमितिले फरक शैलीले काम गर्ने बताए ।

समाजले भिक्टोरियामा विभिन्न नेपाली सांस्कृतिक, भाषिक, खेलकुद कार्यक्रमहरु गर्नुका साथै नेपाल तथा अष्ट्रेलियामा रहेका नेपालीहरुलाई पर्ने आपतविपदमा आर्थिक तथा नैतिक रुपमा साथ दिदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय