साउथ वेस्ट नेप्लिज कम्युनिटीको तेश्रो साधारण सभा सम्पन्न : अध्यक्षमा चतुर्भुज खरेल चयन

सिड्नी । साउथ वेस्ट नेप्लिज कम्युनिटीको अध्यक्षमा चतुर्भज खरेल चयन भएका छन् । १० मार्च आईतबार सिड्नीको ग्लेनफिल्ड स्थित कम्युनिटी सेन्टरमा सम्पन्न तेश्रो साधारण सभाले खरेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

आगामी २ वर्षे कार्यकालका लागि निर्वाचित कार्यसमितिको उपाध्यक्षमा बाबुराम गौतम, महासचिवमा प्रकाश पौड्याल ,सचिवमा कमल प्रसाद भण्डारी र कोषाध्यक्षमा हेमा भण्डारी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा प्रेमबहादुर शाह,सुभास ढकाल,पुनम भुसाल आचार्य,सुमन न्यौपाने,सुरेश रेग्मी,ईश्वरी खनाल,चन्दना पौडेल,कुमार श्रेष्ठ र ज्ञानेन्द्रराज पियाक रहेका छन् । अभिवेशनले चन्द्र ढकाललाई प्रवक्ताको जिम्मेवारी प्रदान गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै लिपिङ्ग्टन राज्य सदस्य नाथन म्याथु हग्रेटिले नेपाली समुदायको बढ्दो उपस्थितिका बिच नेपाली कला, संस्कृती र विविधताको संरक्षणका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । त्यस्तै लिभरपुल काउन्सिलका मेयर निड ममुनले नेपाल जस्तै अस्ट्रेलिया पनि बहुसांस्कृतिक र विविधतायुक्त देश रहेको भन्दै नेपाली समुदायले निर्माण गर्दै गरेको सामुदायिक भवनका लागि सहयोग गर्ने बताए ।

कार्यक्रममा एनआरएनए अन्तराष्ट्रिय समन्वय समितिका उपाध्यक्ष बिनोद श्रेष्ठ, सचिव ज्ञानेन्द्र रेग्मी ,लिबरल पार्टीका नेता सम कायल ,एनआरएनए अष्ट्रेलियाका पुर्व अध्यक्ष नन्द गुरुङ, एनएसडब्लु राज्य समिति उप-संयोजक दीपा जोशी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । साधारण सभाको औपचारिक सत्रमा विभिन्न नृत्यहरु प्रस्तुत गर्दै स्थानीय बालबालिकाहरुले मनोरञ्जन प्रदान गरेका थिए भने गायक रमण रेग्मीले समेत आफ्नो प्रस्तुती दिँदै सांगीतिक माहोल सिर्जना गरेका थिए । साउथ वेस्ट नेप्लिज कम्युनिटीका अध्यक्ष सुदिप ढकालको अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय