सिड्नी । नेपालीहरु अस्ट्रेलियामा आएको ५० वर्ष भन्दा वढी समय पुगेको छ । अस्ट्रेलियामा रहेका नेपालीहरु र नेपालका लागि लामो समयदेखि समर्पित इन्द्रा वन र डा. नारायण प्रधान सम्मानित भएका छन । सम्मानित व्यक्तित्व वन सन् १९७५ र डा. प्रधान सन् १९७४ मा अष्ट्रेलिया आएका थिए ।
सिड्नी स्थित मोडेलको गोर्खे प्यालेसमा २४ फेब्रअरी शनिवार सम्पन्न एक कार्यक्रमकाबीच स्वर्ण वर्षको अवसरमा पहिलो पटक अस्ट्रेलिया पुगेर र नेपाली समुदायका लागि योगदान पुर्याउने दुई समाजसेवीलाई अभिननन्द गरिएको हो । औपाचारिक कार्यक्रमको फुलको गमलामा पानी हालेर सुरुवात गरिएको थियो । लुक्ला टिभिका प्रधान सम्पादक डा. राजु मानन्धरको स्वागत मन्तव्य रहेको ,कार्यक्रमको अध्यक्षता भि फ एम संस्थापक महेश प्रसाइले गरेका थिए भने संयोजक गणेश भट्टले कार्यक्रमको बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रममा ईन्द्रा वन र डा. नारायण प्रधानले हालसम्म गरेका कार्यहरु र योगदानको बारेमा श्रव्यदृश्य प्रस्तुती राखिएको थियो । सम्मान पश्चात बोल्दै वनले सम्मानले नेपाली समुदायका लागि अझै केही गर्ने प्रेरणा मिलेको बताईन् । त्यस्तै डा. प्रधनले आफु अस्ट्रेलियामा आउँदा नेपाली भेट्न समेत गाह्रो हुने स्थिति रहेको भन्दै विस्तारै जनसंख्या बढ्दै गएको र नेपाली समुदायका लागि केही गर्न पाउँदा खुसी लागेको बताए । उनले युवराज पारस शाहको अस्ट्रेलिया भ्रमण स्मरण गर्दै त्यसयता अस्ट्रेलियामा उच्च पदस्थ नेपाली व्यक्तिहरुको भ्रमण भएको बताए ।कार्यक्रममा अस्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले नागरिक अभिनन्दन कार्यक्रमले नयाँ व्यक्तिहरुलाई पनि काम गर्न प्रेरणा दिने बताए । त्यस्तै एनआएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले राजदूतावास, सिधा हवाई, नेपाली विद्यार्थीका भाडा लगायतका क्षेत्रमा सहुलियतको माग, भिसा कार्यालय काठमाडौं सार्न आग्रह गर्दै नेपाली विद्यार्थीहरुले अष्ट्रेलियाको अर्थव्यवस्था धेरै योगदान पुर्याएपनि अरु देशहरुले जस्तो नेपालीहरुको पहुँच समेत नभएको भन्दै त्यसका लागि पहल गर्न आग्रह गरे ।
कार्यक्रममा जेनिशा ईन्टरटेन्टमेन्ट र स्वार नाच ग्रुपले मौलिक बहु-सांस्कृतिक पोशाक र नृत्यहरुको प्रस्तुती राखेका थिए भने नेपालका पुराना मौलिक सामाग्रीहरु डोका, नाङलो लगायत सामाग्री समेत राखिएको थियो । जसको संयोजन कलाकार तथा गायिका जेनिशा गौतमले गरेकी थिईन् । कार्यक्रमा प्रायोजक र कलाकारहरु लाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा प्रयोजनका तर्फबाट एक्सपर्टका मञ्जित घिमिरे, लेवर पार्टीका नेता मार्क बुट्टिगिग ,एनएसडब्लु राज्यका बिपक्षी दलका नेता मार्क स्पिक्म्यन, बहुसांस्कृतिक छाया मन्त्री मार्क कुरे, एनआएनए क्षेत्रीय संयोजक दिनेश पोखेरेल लगायतले मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रममा एनआएनए अष्ट्रेलिया पूर्व अध्यक्ष नन्द गुरुङ, नारी निकुञ्ज अस्ट्रेलियाकी संयोजक सगिंता चापागाईँ, निम्फाका अध्यक्ष सुदर्शन थापा मगर, एन्टाका अध्यक्ष रञ्जित शाह, मल्टिडायनामिकका प्रिन्सिपल मेघराज पौडेल, विजय पौडेल समाजका प्रतिनिधिहरु, सञ्चारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन अनुपमा बास्तोलाले गरेकी थिईन् ।