प्रवासी नेपाली मञ्च न्यू साउथ वेल्स राज्य कमिटीको अध्यक्षमा सुर्य मोहन शर्मा चयन

सिड्नी । प्रवासी नेपाली मञ्च (ओएनएफ) न्यू साउथ वेल्स राज्य कमिटीको अध्यक्षमा सुर्य मोहन शर्मा (मोहन) चयन भएका छन् । मञ्चको २ मार्च सिड्नीको सफायर फङ्सन सेन्टरमा सम्पन्न तेश्रो अधिवेशनले शर्माको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

नवगठित समितिको उपाध्यक्षमा गोविन्द तामाङ, सचिवमा उषा किरण बारिया, उप-सचिवमा अञ्जान सोनी र अवानी पौड्याल तथा आर्थिक विभाग प्रमुखमा बिनोद खड्का सर्वसम्मत चयन भएका छन् भने सदस्यहरुमा पवन डल्लाकोटी, सृजन भट्टराई, विशाल रेग्मी, सागर सिलवाल, साजन श्रेष्ठ, रमेश सिंह, शसांक बस्याल, दिनेश अधिकारी, कुशल रिमाल, योगेश पराजुली, दिव्य प्रधान, विवेक शाक्य, सुजन श्रेष्ठ, सुषन जोशी र उमेश वि.क लगायत रहेका छन् । अधिवेशनले बाबुराम पोखरेल संयोजक रहनेगरी १३ सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ । समितिको सदस्यहरुमा राजु गौचन, प्रेम शाह, भुपेन्द्र चुडाल, तारा लामा, शरद सापकोटा, लेनिन पौड्याल, दिपक जोशी, लक्ष्मण भुसाल, अर्जुन पौड्याल, सिताराम घिमिरे र अशोक उप्रेती लगायत छन् ।

खुल्ला र बन्द सत्र गरि दुई चरणमा सञ्चालन भएको अधिवेशनको उद्घाटन गर्दै कार्यक्रम प्रमुख अतिथि तथा ओएनएफ अन्तराष्ट्रिय कमिटी उपाध्यक्ष रमेश पाण्डेले प्रवासमा रहेका संगठनका साथीहरुलाई एकताबद्ध गर्दै मञ्चले हालसम्म ४० बढी देशमा संगठन विस्तार गरिसकेको बताए । कार्यक्रममा निवर्तमान अध्यक्ष कृष्ण सापकोटाले आफ्नो कार्यकालमा भएका कार्य प्रगती प्रस्तुत गरेका थिए । उनले ओएनएफ न्यू साउथ वेल्स राज्य कमिटीले ओएनएफ अष्ट्रेलियालाई कोरोना संक्रमणकालमा अक्सिजन प्लान्ट खरिद सहित भुकम्प प्रभावितहरुका लागि समेत विभिन्न सहयोग उपलब्ध गराउने,वार्षिक रक्तदान गर्ने साथै अन्य गतिविधिमा अग्रपंक्तिमा रहेर काम गरेको बताए । त्यस्तै मञ्चका अष्ट्रेलिया अध्यक्ष केशव जोशीले पार्टीको अभियानमा साथ दिँदै अस्ट्रेलियामा रहेका नेपालीहरुलाई विभिन्न विपतीमा सहयोग गर्दै आएको स्पष्ट पारे ।

कार्यक्रममा जनसम्पर्क समिति अष्ट्रेलियाका संस्थापक अध्यक्ष दिनेश राज जोशी, ओएनएफ अन्तर्राष्ट्रिय कमिटीका सल्लाहकार भवानी ओली, एनआरएनए उपाध्यक्ष विनोद श्रेष्ठ, सचिव ज्ञानेन्द्र रेग्मी, सल्लाहकार सदस्य भैरव ढकाल, ओशियाना संयोजक दिनेश पोखरेल, सह-संयोजक अरुण ठाकुर, एनआरएनए अष्ट्रेलिया अध्यक्ष अनिल पोखरेल, पुर्व अध्यक्ष नन्द गुरुङ, एनआरएनए अन्तर्राष्ट्रिय समवन्य समितिका सदस्य राम घिमिरे, ओएनएफ अन्तर्राष्ट्रिय कमिटी सदस्य शिशिर नेपाल, ओशियाना कमिटी संयोजक राजु उपाध्याय, नेकपा एमाले काभ्रेका पुर्व सचिव नारायण पाण्डे, ओएनएफ अष्ट्रेलियाका सचिव प्रकाश पन्थी, एनडिएफ अध्यक्ष भिष्म भण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको संचालन शिव पौडेलले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय