काठमाडौं । प्रतिनिधिसभा बैठक शोक प्रस्ताव पारित गरेर स्थगन भएको छ । प्रतिनिधिसभा सदस्य मन्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव पारित गरेर आइतबार बैठक स्थगन भएको हो । 

६० वर्षीय अन्सारीको उपचारका क्रममा आइतबार बिहान निधन भएको सभामुख देवराज घिमिरेले जानकारी दिए । जनता समाजवादी पार्टी (जसपा)ले संसद्लाई उपलब्ध गराएको जानकारीअनुसार अन्सारीको निधन हृदयघातका कारण मीनभवनस्थित सिभिल अस्पतालमा आज बिहान भएको थियो । 

जसपाका तर्फबाट समानुपातिक सांसद बनेकी अन्सारीको निधनपश्चात शोक प्रस्ताव पारित गर्दै बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगन भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय