गल्कोट समाज भिक्टोरियाको अध्यक्षमा रमेश केसी, यस्तो बन्यो नयाँ कार्यसमिति

मेलवर्न । गल्कोट समाज भिक्टोरियाको अध्यक्षमा रमेश केसी चयन भएका छन् ।

११ मार्चमा मिच्चम पार्कमा सम्पन्न भएको बार्षिक साधारणसभाले केसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा आरती खत्री, सचिवमा रुपेश अधिकारी, सहसचिवमा रोनिशा बोहोरा, कोषाध्यक्षमा अर्जुन विष्ट चयन भएका छन् । यस्तै सदस्यहरुमा बबिन भण्डारी, लक्ष्मण थापा, लाल भण्डारी, तेजेन खड्का, सन्जिब श्रेष्ठ र दिनेश थापाले जिम्मेवारी पाएका छन ।

खेल संयोजकमा दिनेश थापा, कार्यक्रम तथा सांस्कृतिक समिति संयोजकमा अुर्जन विष्ट चयन भएका छन् ।

बार्बीक्यूसहित पारिवारिक वातावरणमा सम्पन्न भएको अधिवेशनमा संस्थाका निवर्तमान अध्यक्ष गणेश भण्डारीले संस्थाको प्रगतिविरण प्रस्तुत गरेका थिए । त्यस्तै कोषाध्यक्षले पेश गरेको प्रतिवेदन पनि साधारण सभाले पास गरेको छ ।

मेलवर्नमा रेष्टुरेन्ट व्यावसायि समेत रहेका नवनिर्वाचित अध्यक्ष केसीले संस्थाले राखेका उद्धेश्य प्राप्तिमा कटिबद्ध भएर अघि बढ्ने बताए । उनले भिक्टोरियामा रहेका गल्कोट जन्मथलो भएका सबै गल्कोटेहरुको एकताको थलोको रुपमा गल्कोट समाजलाई विकास गर्ने बताए ।

अध्यक्ष केसीले अब हरेक बर्ष भव्य तीज कार्यक्रम, तिहारमा देउसी भैलो, भलिवल प्रतिाियेगिता, हरेक तीन महिनामा बार्बीक्यू कार्यक्रम गर्ने योजना रहेको बताए ।

नयाँ आगन्तुकहरुलाई अष्ट्रेलियामा काम सम्बन्धी सूचना दिने जानकारीमूलक कार्यक्रम चलाउने तथा गल्कोटबासीहरुलाई पर्ने दुख समस्यामा सहयोग गरिने जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय