सुदूरपश्चिम नेपाली समाज भिक्टोरियाद्वारा नयाँ बर्ष र विशु पर्व आयोजना

मेलबर्न । फार वेष्टर्न नेप्लिज सोसाईटी अफ भिक्टोरिया (सुदूरपश्चिमेली नेपाली समाज भिक्टोरिया) ले नेपाली नयाँ वर्ष २०८१ लाई स्वागत सँगै विशु पर्व आयोजना गरेको छ ।

नेपाली नयाँ बर्षलाई स्वागत गर्ने, शुभकामना आदान प्रदान सँगै सुदूरपश्चिमबासी नेपालीहरुको पर्वको रुपमा रहेको विशु पर्व यही १४ अप्रिल अर्थात २ वैशाखमा आयोजना गरेको संस्थाका अध्यक्ष नरेश रावलले जानकारी दिए ।

भिक्टोरिया राज्य सरकार, भिक्टोरिया बहुसांस्कृतिक आयोगद्वारा समर्थित उक्त नयाँ बर्ष तथा विशु पर्व कार्यक्रम मेलवर्न स्थित इस्टोनिया हाउसमा गर्न लागिएको जानकारी दिदै रावलले उक्त अवसरमा बालबालिकाहरुको फेस पेन्टिङ, देउडासहित विभिन्न संस्कृतिक प्रस्तुती रहने बताए ।

साँझ ५ बजेबाट शुरू हुने उक्त कार्यक्रममा १० बजेसम्म चल्ने जानकारी दिदै समाजका उपाध्यक्ष तथा कार्यक्रममा संयोजक दिप चन्दले स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतीसँगै सहभागीलाई सफ्ट ड्रिंक तथा खानाको पनि व्यवस्था गरिएको जानकारी दिए ।

उक्त कार्यक्रमलाई म्याक्सीम्याक्स एजुकेशन, चान्डलर आरटीओ, नेपाली बहुसांस्कृतिक केन्द्र, गैरआवासीय नेपाली संघ भिक्टोरिया, नेपाली संघ भिक्टोरिया (न्याभ), एएनएमसीले समेत सहयोग गरेका छन् ।

समाजले अष्ट्रेलियामा रहेर आफ्नो विशेष पर्वलाई जगेर्ना र विस्तार गर्ने उद्धेश्यसहित उक्त कार्यक्रम आयोजना गरेको जनाएको छ ।

अध्यक्ष रावलले एकै अवसरमा नेपाली नयाँ बर्ष र विशु पर्व मनाउने अवसर जुटेको भन्दै उपस्थिती र सहयोगको निम्ती सबैलाई आग्रह गरेका छन् ।

हरेक नेपाली नयाँ वर्षको पहिलो दिन अर्थात वैशाख १ गतेको दिन सुदूरपश्चिमवासी नेपालीहरुले विशु पर्वको रुपमा उत्सव मनाउने गर्दछन् । सोही क्रमलाई निरन्तरता दिदै फारवेस्ट नेपाली समाजले पनि हरेक बर्ष विशु पर्व मनाउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय