क्यालिबर बिल्डर्स मेल्बर्नद्वारा डिस्प्ले होमको उद्घाटन, परिमाणमा भन्दा पनि गुणस्तरमा ध्यान दिने प्रतिवद्धता

मेलवर्न । क्यालिबर बिल्डर्स मेल्बर्नले शनिवार ‘डिस्प्ले होम’को उद्घाटन गरेको छ ।

३ स्पेन्स्ली स्ट्रिट मिक्लेहममा एक कार्यक्रमको आयोजना गरि शनिवार डिस्प्ले होमको उद्घाटन गरिएको हो । क्यालिबर बिल्डर्स सिड्नीका निर्देशक दिपेन्द्र उप्रेती र मेलवर्न निर्देशक हरि खड्काले संयुक्त रुपमा रिबन काटेर डिस्प्ले होमको उद्घाटन गरे ।

उद्घाटन पछि बोल्दै सन्चालक खड्काले आफूहरुले जे बोल्छौं त्यही अनुसारको काम गरी ग्राहकको ड्रिम होम (सपनाको घर) बनाउने बताए ।

”धेरै ठूलो लगानी र पसिनाले कमाएको पैसाले तपाईँहरुले आफ्नो ड्रिम होम बनाउने सपना देख्नु भएको हुन्छ”, खड्काले भने, ”हामी तपाईको सपनालाई पूरा गर्न सम्झौता गरिए अनुसारको खर्च र मितिमा निर्माण सम्पन्न गरी घर हस्तान्तरण गर्नेछौं ।”

उनले क्यालिबर बिल्डर्सको सुरुवात गर्न दुई बर्ष मिहेनत गरेको र सो अवधिमा ४ वटा घरहरु तोकिए अनुसारको लागत र समयमा निर्माण गरी प्रमाणित गरिसकिएको बताए ।

यस्तै क्यालिबर बिल्डर्स सिड्नीका निर्देशक दिपेन्द्र उप्रेतीले सिड्नी, क्यानबेरा र मेलवर्नमा क्यालिबर बिल्डर्सले सफलता पूर्वक काम गरिरहेको भन्दै सेवा गर्ने मौका दिन आग्रह गरे । ”हाम्रो फोकस परिमाणमा भन्दा पनि गुणस्तरमा हो”, उनले भने, ”हामीले घरको भित्री र बाहिरी दुवै पक्षलाई उत्तिकै ध्यान दिएर निर्माण गर्छाैं ।”

घर तथा अन्य आवश्यकता अनुसारको संरचनाहरु निर्माण गर्नको निम्ती आफूहरुको समूह तयार भइसकेको जानकारी दिदै निर्देशक खड्काले सेवा गर्ने मौका दिन आग्रह गरे ।

उदघटन कार्यक्रममा नेपाली संघ भिक्टोरियाका अध्यक्ष प्रेम राज उप्रेती, हाम्रो कम्युनिटीका अध्यक्ष प्रकाश अर्याल, एनआरएनए भिक्टोरियाका सचिव ससेन्द्र केसी, फारवेस्ट नेपाली समाजका अध्यक्ष नरेश रावल, रोयल वेस्टर्न क्लबका अध्यक्ष रोशन दाहाल, नेपाल पत्रकार महासंघ अष्ट्रेलियाका अध्यक्ष चिरञ्जिवी देवकोटा लगायत विभिन्न सामुदायिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

   

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय