न्याभद्वारा चौथो मल्टीकल्चरल सकर प्रतियोगिता आयोजना

मेलवर्न । नेपाली संघ भिक्टोरिया (न्याभ)ले मल्टीकल्चरल सकर प्रतियोगिता आयोजना गरेको छ ।

एक्सपर्ट एजुकेशन एन्ड भिजा सर्भिसेसको मुख्य प्रायोजनमा यही १३ अप्रिलको दिन चौथो मल्टीकल्चरल सकर प्रतियोगिता गर्न लागिएको हो ।

रोयल वेस्टन्स क्लबसँगको सहकार्यमा आयोजित उक्त प्रतियोगिता रिजर्भ प्लेग्राउण्ड कूलारुमा आयोजना गरिएको कार्यक्रमका खेल संयोजक तथा न्याभ कार्यसमिति सदस्य उज्जवल अधिकारीले जानकारी दिए ।

प्रतियोगिताको लागि समूह दर्ता खुला गरिएको छ । सहभागिताको लागि ३ सय डलर प्रवेश शुल्क तोकिएको छ भने समूह दर्ता गर्ने अन्तिम मिति यही ७ अप्रिल रहेको छ । प्रतियोगितामा उत्कृष्ट हुने खेल समूहलाई नगद पुरस्कार तथा ट्रफी व्यवस्था गरिएको अधिकारीले जानकारी दिए । प्रतियोगिताको हस्पिटालिटी पार्टनरको रुपमा काठमाडौं बनक्वैटले सहयोग गरेको छ ।

न्याभका अध्यक्ष प्रेमराज उप्रेतीले खेलकुदको माध्यमबाट शान्ति एकता र सद्भाव प्रवद्र्धनमा बहुसांस्कृतिक सकरको महत्व रहेको बताउँदै विगतका तीन संस्करणको सफलताले यस प्रतियोगिताको लोकप्रियता बढेको दाबी गरे ।

अघिल्लो पटक सम्पन्न भएको तेस्रो संस्करणको प्रतियोगितामा नेपाली समुदायका ६ र अन्य समुदायका ६ वटा गरी १२ टोलीको सहभागिता रहेको थियो भने रोयल वेस्टर्न क्लबले उपाधि जितेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय