हाम्रो कम्युनिटीको अधिवेशनः अध्यक्षमा अर्यालकै निरन्तरता, यस्तो बन्यो नयाँ कार्यसमिति

मेलवर्न । हाम्रो कम्युनिटीको दोस्रो अधिवेशनले अध्यक्षमा प्रकाश अर्याललाई पुनः निर्वाचित गर्दै नयाँ कार्यसमिति चयन गरेको छ । शुक्रवार एन्ट्रीमा बसेको दोस्रो बार्षिक साधारण सभा तथा अधिवेशनले अर्याल अध्यक्ष रहने गरी आगामी दुई बर्षको लागि नयाँ कार्यसमिति निर्विरोध रुपमा चयन गरेको हो ।

जस अनुसार उपाध्यक्षमा सृजना कँडेल खरेल, सचिवमा शंकर अर्याल, कोषाध्यक्ष प्रकाश सापकोटा, खेलकुद संयोजकमा ओम पौडेल, मिडिया संयोजक लक्ष्मण अर्याल, सांस्कृतिक संयोजक प्रकाश सापकोटा, कार्यक्रम संयोजक विष्णु पैयानी, जनसम्पर्क अधिकृत रमेश अर्याल, युवा संयोजक टिका भण्डारी, महिला सशक्तिकरण संयोजक विष्णु सापकोटा अर्याल चयन भएका छन् । सहसचिव भने पछि नियुक्त गरिने भएको छ ।

त्यस्तै हाम्रो वर्णमालाका प्रधानाध्यापकमा सुवास घिमिरे, समूह सम्पर्क अधिकृतमा बाबुराम गिरी, स्वास्थ्य तथा फिटनेस संयोजकमा लक्ष्मण सापकोटा र सल्लाहकारमा महेश के श्रेष्ठ रहेका छन् ।

निवर्तमान कार्यसमितिले गरिरहेको काम प्रभावकारी भएको भन्दै आगामी कार्यकालको लागि धेरैजसोले दोस्रो पटक भूमिका पाएका हुन् । उक्त साधारणसभामा अध्यक्ष प्रकाश अर्यालले अध्यक्षको प्रतिवेदन तथा कोषाध्यक्ष प्रकाश सापकोटाले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

दोस्रो पटक अध्यक्षको जिम्मेवारी पाएसँगै अर्यालले संस्थाले राखेका उद्धेश्यहरु परिपूर्ति गर्नको निम्ती अझै मिहेनत गर्ने प्रतिक्रिया दिए । उक्त कार्यक्रममा संस्थाका कार्यसमिति सदस्य, साधारण सदस्यहरु तथा नेपाल बाट आएका अभिभावकहरु सहभागि थिए । उक्त अवसरमा बालबालिकाहरुको नृत्यसहितको प्रस्तुतीले कार्यक्रम रोचक भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय