कर्ण दास अस्ट्रेलिया आउँदै
सिड्नी । नेपाली सुगम सगींतका चर्चित गायक कर्ण दास अस्ट्रेलिया आउने भएका छन् ।
यही ५ अप्रिल शुक्रवार सिड्नीको लिभरपुल काथोलिक क्लवको प्रांगणमा आयोजना गरिएको अब आउने साल कणर् दासको साथ कार्यक्रममा सहभागीता जनाउन उनी अस्ट्रेलिया आउन लागेका हुन् ।
वि.स.२०८१ सालको स्वागतार्थ शुभकामना आदान प्रदान सहित कर्ण दासको विशेष प्रस्तुतीका बिच उक्त कार्यक्रम सम्पन्न हुने एडमनसन पार्क बडिया नेपलिज कमुनिटीका अध्यक्ष रन्जीत वन्तले जानकारी दिए।
एडमनसन पार्क बडिया नेपलिज कमुनिटीको को आयोजनामा हुने उक्त कार्यक्रममा दाससंगै अन्य विभिन्न कलाकारहरुले प्रस्तुती दिनेछन् । कर्ण दास नेपाली सुगम संगीतमा चर्चित नाम हो । उनका दर्जनौँ गीतहरु चर्चित छन् ।
उनको कणर्प्रिय स्वर अब अस्ट्रेलियामा पनि गुञ्जिनेछ । कार्यक्रममा दास बाहेक गायक आभेस पौडेल , सुजाता उपाध्याय मानन्धर, सविन घिसिङ र सम्राट किरण लगायतका कलाकारहरुले प्रस्तुती दिनेछन् । कार्यक्रमको सञ्चालन अनुपमा बास्तोलाले गर्ने बताईएको छ । कार्यक्रमलाई सफायर रियलस्टेट र एम्प्यार रियलस्टेटले मुख्य प्रायोजन गरेका छन भने दर्जनौँ संघसंस्थाले सह-प्रायोजन गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय