एनसीएभीद्वारा आयोजित भिक्टोरियन नेपाली लिग सिजन एकको उपाधि रोयल रोइनोजलाई

मेलवर्न । नेप्लिज क्रिकेट एसोसियसन अफ भिक्टोरियाद्वारा आयोजित भिक्टोरियन नेपाली लिग सिजन १ को उपाधि रोयल रोइनोज क्रिकेट क्लबले जितेको छ ।

अघिल्लो आइतवार सम्पन्न भएको फाइनल प्रतियोगितामा राइजिंग सन स्पोर्टसलाई ३ विकेटले हराउँदै रोयल राइनोजले उपाधि जितेको हो । उक्त खेलको म्यान अफ द म्याच सोनाक्स सिलवाल भएका छन् । एभरेष्ट होम लोन्स एन्ड फाइनान्सको मुख्य प्रायोजन रहेको उक्त प्रतियोगितामा ५ क्रिकेट क्लबहरुको सहभागिता रहेको थियो।

टि डब्लु ब्लाक पार्कमा भएको उक्त प्रतियोगितामा विजयी भएका क्रिकेट टोलीले नगद पुरस्कार सहित रनिँग शिल्ड, छ्रफी र मेडल तथा उपविजेता टोलीले नगद पुरस्कारसहित ट्रफी र मेडल प्राप्त गरेको आयोजक नेप्लिज क्रिकेट एसोसियसन अफ भिक्टोरियाका सदस्य मनिष रत्न भुसालले बताए ।

यात्रा द कनेक्सनको तर्फबाट बेस्ट ब्याट्सम्यान राइजिँग सनका सुबास क्षेत्रीलाई २ सय डलर, काठमाडौं प्रपर्टीजबाट बेस्ट बलर राइजिँग सनका खेलाडी आशिष अधिकारीलाई २ सय डलर, गोर्खाली क्रिकेट क्लबका नितिन क्षेत्रीलाई म्यान अफ द सिरिजको रुपमा न्याभले २ सय डलर पुरस्कार दिएको थियो । यस्तै बेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई एमबीआर क्रिकेट क्लबले खेल सामग्रीहरु प्रदान गरेको थियो ।

फाइनलको दिन एनआरएनए अष्ट्रेलियाका पूर्व अध्यक्ष टोनु घोताने, नेपाली संघ भिक्टोरियाका अध्यक्ष प्रेम राज उप्रेती लगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु उपस्थित भएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर