सिड्नी घटनाः काम शुरू गरेको पहिलो दिनमै चक्कु प्रहारबाट ज्यान गुमाएका पाकिस्तानी
तस्वीर स्रोतः सेभेन न्यूज

सिड्नी । सिड्नीमा शनिवार भएको चक्कु आतंकमा परेर मारिने ६ जनाकै पहिचान खुलेको छ ।

जसमा पाकिस्तानबाट अष्ट्रेलिया आएका फराज ताहिर पनि रहेका छन् । ३० बर्षीय ताहिर सिड्नीको बोन्डाइ जंक्सनस्थित वेस्टफिल्ड शपिङ सेन्टरमा भएको चक्कु प्रहारमा ज्यान गुमाएका हुन् ।

सेभेन न्यूजले जनाए अनुसार ताहिरले सुरक्षा गार्डको रुपमा उक्त शपिङ सेन्टरमा काम शुरू गरेको पहिलो दिन नै ज्यान गुमाउनु परेको हो ।

ताहिरका साथी अदनान कादिरले उनलाई सम्झिदैं भने, ‘यो धेरै दुखद खबर हो जुन कसैले पनि आशा गरेको थिएन ।’

उनले थपे, ‘दुर्घटना हुनुभन्दा ७२ घन्टा अघि उहाँ मसँग हुनुहुन्थ्यो र त्यसपछि हामीले उहाँलाई यस्तो परिस्थितिमा गुमाउनुपर्यो।’

उनी पाकिस्तानबाट डिसेम्बर २०२२ मा अष्ट्रेलिया आएका थिए ।

‘हामीले यहाँ धेरै गतिविधिहरूमा सँगै काम गर्यौं, चाहे त्यो अष्ट्रेलिया दिवस होस्, समुदाय वरपरका गतिविधिहरू, वृद्धहरूलाई मद्दत गर्ने होस।’, उनले भने ।

क्विन्सल्याण्डका बासिन्दा भनिएका ४० बर्षीय जोयल काउचीले शनिवार चक्कु प्रहार गरी ६ जनाको हत्या गरेका थिए भने कैयौं घाइतेको यतिवेला उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय