न्याभद्वारा आयोजित चौथो मल्टीकल्चरल सकर प्रतियोगिताको उपाधि यूनाइटेड फुटबललाई

मेलवर्न । नेपाली संघ भिक्टोरिया (न्याभ) द्वारा आयोजित चौथो बहुसांस्कृतिक सकर प्रतियोगिताको उपाधि यूनाइटेड फुटबल क्लबले जितेको छ ।

एक्स्पर्ट एजुकेशन एन्ड भिजाको मुख्य प्रायोजन तथा रोयल वेस्टन्स क्लबसँगको सहकार्यमा आयोजित उक्त प्रतियोगिता प्रोग्रेस रिजर्भ प्लेग्राउण्ड कूलारुमा यही शनिवार सम्पन्न भएको हो ।

१२ समूहको सहभागिता रहेको प्रतियोगितामा सुडान लायन्स रनर अप भएको छ । त्यस्तै बेस्ट प्लेयरमा यूनाइटेड फुटबल क्लबका दर्शन गुरुङ तथा फिजी बुला बोइज फेयर प्ले टिम सावित भएको छ ।

प्रतियोगितामा विजेता र उपविजेता हुने समूहहरुलाई ट्रफी, मेडल र सम्मानपत्रले सम्मान गरिएको थियो । नेपाली समुदायका ६ र अन्य समुदायका ६ वटा गरी १२ टोलीको सहभागिता रहेको थियो ।

न्याभ अध्यक्ष प्रेम राज उप्रेतीको अध्यक्षतामा सम्पन्न भएको उक्त प्रतियोगितामा सांसद क्याथलिन म्याथ्यू, सांसद ट्रुङ लू, भिक्टोरियान मल्टीकल्चरल कमिशनका अध्यक्ष भिभियन न्यूगेन, ह्युम सिटीका मेयर नाइम कर्ट, रोयल वेस्टन्स क्लबका अध्यक्ष रोशन दाहाल, मुख्य प्रायोजक एक्स्पर्ट एजुकेशन एन्ड भिजा सर्भिसेसका निर्देशक बसन्त पोखरेल, न्याभका कार्यसमिति सदस्य तथा प्रतियोगिताका संयोजक उज्जवल अधिकारीले मन्तव्य व्यक्त गरेका थिए ।

न्याभका कोषाध्यक्ष डा. यकिन्द्र तिमिल्सिनाद्वारा सञ्चालित उक्त प्रतियोगितामा ब्राइटन कलेजको सहप्रायोजन, हस्पिटालिटी पार्टनरमा काठमाडौं कटेज रहेको थियो । त्यस्तै एक्स्ट्राटेक र मोमोबिच्जले पनि प्रतियोगितालाई सहयोग गरेका थिए ।

त्यस्तै ब्राइटन कलेजको सहप्रायोजन, हस्पिटालिटी पार्टनरमा काठमाडौं कटेज, एक्स्ट्राटेक र मोमोबिच्जले पनि प्रतियोगितालाई सहयोग गरेका थिए । उक्त अवसरमा नेपाली नयाँ बर्ष २०८१ को शुभकामना समेत साटासाट गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय