गुल्मी समाज भिक्टोरियाद्वारा नव वर्ष २०८१ को शुभकामना आदान प्रदान कार्यक्रम

मेलवर्न । गुल्मी समाज भिक्टोरियाले नेपालीहरुको नव बर्ष २०१८ को शुभकामना आदान प्रदान गर्दै बार्बीक्यू कार्यक्रम सम्पन्न गरेको छ ।

अप्रिल १४ मा मिचेम पार्कमा आफ्नो पहिलो बार्बीक्यू कार्यक्रम आयोजना गर्दै वर्तमान कार्यसमितिले भिक्टोरियामा रहेका गुल्मेलीहरुसँग नयाँ बर्षको शुभकामना साटासाट गरेको हो । करिब ५५ जना सहभागि रहेको उक्त कार्यक्रममा विभिन्न रमाइलो गतिविधि, स्वादिष्ट खाना र सांस्कृतिक प्रस्तुतिसहित मनोरन्जन गरिएको समाजका अध्यक्ष टंक कंडेलले जानकारी दिए ।

”कार्यक्रम एक ठूलो सफलता थियो, धेरै नयाँ सदस्यहरू हाम्रो समुदायमा सामेल हुनुभयो र सहभागीहरूबाट सकारात्मक प्रतिक्रिया पायौं”, कंडेलले भने ।

कार्यक्रममा नेपालबाट भिक्टोरिया आइपुगेका ८६ बर्षका जेष्ठ नागरिक दुर्गा बहादुर थापालाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रमलाई सहयोग गर्ने ए टु जेड मिट शप प्रति संस्थाले आभार व्यक्त गरेको छ ।

संस्थाका सचिव अनिल अर्यालले सांस्कृतिक कार्यक्रम, सामुदायिक भेलाहरू, र शैक्षिक कार्यशालाहरू सहित धेरै आगामी कार्यक्रमहरूको योजना गरेको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय