फार वेष्टर्न नेप्लिज सोसाईटी अफ भिक्टोरियाले यसरी मनायो विशु पर्व तथा नयाँ बर्ष

मेलवर्न । फार वेष्टर्न नेप्लिज सोसाईटी अफ भिक्टोरिया (सुदूरपश्चिमेली नेपाली समाज) ले नेपाली नयाँ वर्ष २०८१ को शुभकामना आदान प्रदान सँगै भव्यताका साथ विशु पर्व मनाएको छ ।

नेपाली नयाँ बर्ष २०८१लाई स्वागतच गर्दे, शुभकामना आदान प्रदान तथा सुदूरपश्चिमबासी नेपालीहरुको पर्वको रुपमा रहेको विशु पर्व यही १४ अप्रिल अर्थात २ वैशाखमा भव्यताका साथ मनाइएको हो ।

भिक्टोरिया राज्य सरकार, भिक्टोरिया बहुसांस्कृतिक आयोगद्वारा समर्थित उक्त नयाँ बर्ष तथा विशु पर्व कार्यक्रम मेलवर्न स्थित इस्टोनिया हाउसमा सम्पन्न भएको हो । जसमा बालबालिकाहरुको फेस पेन्टिङ, देउडासहित विभिन्न संस्कृतिक प्रस्तुती गरिएको थियो । त्यस्तै अंसु महरा, सलोनी मास्के र प्रतिभा शाह, भूपी चन्द र महेश जिरेलले भव्य सांस्कृति प्रस्तुती दिएका थिए । यसैगरी कार्यक्रममा क्रिकेट खेलाडी, कलाकार तथा स्वंयसेवकहरुलाई सम्मान व्यक्त गरिएको कार्यक्रम संयोजक दीप चन्दले बताए ।

संस्थाका अध्यक्ष नरेश रावलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा ब्रोडमिडोजबाट प्रतिनिधित्व गर्ने सांसद क्याथलिन म्याथ्यू वर्डको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि सांसद क्याथलिन, न्याभ पूर्व अध्यक्ष डा. राजु अधिकारी, न्याभ अध्यक्ष प्रेम राज उप्रेती, एनआरएनए भिक्टोरिया उपाध्यक्ष महादेव धानुक लगायतले मन्तव्य व्यक्त गरेका थिए । यसैगरी नर्दन मेट्रोपोलिटन लेजिस्लेटिभ काउन्सिलबाट एभान मल्होल्याण्ड, वेस्टर्न मेट्रोपोलिटन काउन्सिलकाट ट्रुग लु, मेरी बेक सिटी काउसिन्लका सु बोल्टन लगायतका विभिन्न नेपाली सामुदायिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु उपस्थित भएका थिए ।

समाजले अष्ट्रेलियामा रहेर आफ्नो विशेष पर्वलाई जगेर्ना र विस्तार गर्ने उद्धेश्यसहित आयोजित कार्यक्रमले सुदुरपश्चिमवासी नेपालीहरुको एकतामो सन्देश दिएको अध्यक्ष रावलले बताए ।

उक्त कार्यक्रमलाई म्याक्सीम्याक्स एजुकेशन, चान्डलर आरटीओ, नेपाली बहुसांस्कृतिक केन्द्र, गैरआवासीय नेपाली संघ भिक्टोरिया, नेपाली संघ भिक्टोरिया (न्याभ), एएनएमसीले समेत सहयोग गरेको थियो ।

हरेक नेपाली नयाँ वर्षको पहिलो दिन अर्थात वैशाख १ गतेको दिन सुदूरपश्चिमवासी नेपालीहरुले विशु पर्वको रुपमा उत्सव मनाउने गर्दछन् । सोही क्रमलाई निरन्तरता दिदै फारवेस्ट नेपाली समाजले पनि हरेक बर्ष विशु पर्व मनाउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय