गुल्मीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

गुल्मी । गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सामुदायिक रेडियो पुष्पाञ्जलीले जनाए अनुसार जिल्लाको गुल्मीदरबार गाउँपाालिका वडा नम्बर ३ गौंडाकोट राजाका २९ वर्षीय अनिलराज घर्तीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले उक्त घटनाको पुष्टि गरेका छन् ।

उनका अनुसार, गौंडाकोटबाट बिरवासतर्फ जाँदै गरेको लु ३५ प ५४८४ नम्बरको मोटरसाइकल बिहिबार साँझ दुर्घटना भएको थियो । मोटरसाइकल अनियन्त्रित भएर सडकबाट करिब ३० मिटर तल खसेको थियो ।

दुर्घटनामा गुल्मीदरवार गाउँपालिका वडा नम्बर ४ भट्टेचौरका ३१ वर्षीय यमबहादुर सुर्यवंशी घाइते भएका छन् । उनको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर