इलाम । इलाम–२ को उपचुनावअन्तर्गत् जारी मत गणनामा नेपाली कांग्रेसको अग्रता कायमै छ।
फाकफोकथुम गाउँपालिका वडा नम्बर १ र २ को मतगणना सकिँदा कांग्रेसका उम्मेदवार डम्बर खड्काले १ हजार एक सय ५५ मत ल्याएका छन्।
उनलाई नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले पछ्याइरहेका छन्। नेम्वाङले एक हजार ७२ मत ल्याएका छन्।
तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले तीन सय १३ मत प्राप्त गरेका छन्।
चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलन लिम्बूले दुई सय ११ मत प्राप्त गरेका छन्। यी दुई वडामा दुई हजार ८ सय ३६ मत खसेको थियो। यसमा ३० मत बदर भएको निर्वाचन आयोगले जनाएको छ।
अहिले फाकफोकथुम गाउँपालिका वडा नम्बर ३ को मतगणना भइरहेको छ।
इलाम २ मा शनिबार उपनिर्वाचन भएको थियो।
शनिबार भएको मतदानमा ६० प्रतिशत मत खसेको थियो।
यो क्षेत्रमा १ लाख १५ हजार ८८९ मतदाता थिए। तीमध्ये ६९ हजार २८७ जनाले मतदान गरेका छन्।