‘मदर्स डे’को अवसरमा आमाहरुको गायन प्रतियोगिता गर्दै न्याभ

मेलवर्न । नेपाली संघ भिक्टोरियाले ‘मदर्स डे’को अवसर पारी भिक्टोरियामा रहेका आमाहरु सहभागि हुनेगरी गायन प्रतियोगिता आयोजना गरेको छ । मे ८ मा नेपालीहरुले मनाउने मातातीर्थ औसी तथा १२ मे को दिन विश्वभर मनाइने मदर्स डेको अवसरमा न्याभले आमाहरुको गायन प्रतियोगिता (मेलोडिक मम) आयोजना गरेको हो ।

यही १२ मे को दिन अनलाइन मार्फत हुने गायन प्रतियोगितामा भिक्टोरियामा रहेका आमाहरुले सहभागिता जनाउन सक्ने जानकारी दिदै न्याभ अध्यक्ष प्रेमराज उप्रेतीले सहभागि सबैलाई आकर्षक पुरस्कार तथा उत्कृष्ट हुनेलाई पनि विशेष पुरस्कारको व्यवस्था गरिएको जानकारी दिए ।

भिक्टोरियाको नेपाली समाजसँग आमा दिवस मनाउदै न्याभले उक्त कार्यक्रममा आमाहरुले जुनसुकै विधाको पनि गीत गाउन सक्ने जनाएको छ । यस्तै कार्यक्रम संयोजक प्रिया गौतमले २५ देखी ४० बर्ष उमेर समूहको एउटा प्रतिस्पर्धा तथा ४० बर्ष माथिका आमाहरुको अर्काे गरी दुई समूहमा प्रतिस्पर्धा हुने जानकारी दिइन् ।

साँझ साढे ६ बजेबाट शुरू हुने उक्त कार्यक्रममा सहभागिता जनाउनको निम्ती पहिले नै दर्ता गर्न समेत न्याभले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय