टी–२० सिरिजको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु विशाल लक्ष्य

काठमाडौं । टी–२० सिरिजको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ र नेपालसामु २ सय २८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय २७ रन जोड्यो ।

वेस्ट इन्डिज ‘ए’ का लागि जोनसन चाल्र्सले शतकीय अविजित इनिङ खेले । उनी ११९ रनमा अविजित रहे ।

आन्द्रे फ्लेचरले ५३ रनको योगदान दिए । एलिक अथान्जले २७, फाबिएन एलेनले १९ रन बनाएर आउट हुँदा किमो पल १३ रनमा अविजित रहे । बलिङमा नेपालका करण केसी र सागर ढकालले एक–एक विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित खवर