माधव नेपालको असन्तुष्टिले सरकार ढल्दैनः प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसले डे–वानदेखि नै सत्ता समीकरण भत्काउने प्रयास गरे पनि सम्भव नभएको बताउनुभएको छ ।

संसदीय दलको बैठकलाई ब्रिफिङ गर्दै प्रधानमन्त्री प्रचण्डले समीकरणमा ठूलो अपेक्षाको कारणले केही असन्तुष्टि रहेको बताउनुभयो ।

उहाँले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको पछिल्लो असन्तुष्टिलाई लक्षित गर्दै भन्नुभयो, ‘समीकरणभित्र पनि केही असन्तुष्टि र अपेक्षाहरु छन् । तर, त्यो अपेक्षाहरुकै कारणले सरकारबाट बाहिरिने तहमा पुगेको देखिँदैन ।’

समीकरणमा देखिएको समस्या कुनै न कुनै विन्दुबाट हल गर्नेबारे छलफल भइरहेको उहाँले बताउनुभयो ।

उहाँले पार्टीका सांसदहरुलाई नीति तथा कार्यक्रम र बजेटको विषयमा प्रभावकारी भूमिका खेल्न निर्देशन दिनुभयो । देश र जनताको चाहनाअनुसार बजेट निर्माणको क्रममा अनिवार्य उपस्थित भएर प्रभावकारी भूमिका खेल्न उनले सांसदहरुलाई आग्रहसमेत गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय