न्याभले ५० दिने ‘सदस्यता अभियान’ सञ्चालन गर्दै

मेलवर्न । नेपाली संघ भिक्टोरियाले न्याभको संगठन बढाउने उद्धेश्यको साथ ५० दिने सदस्यता अभियान सञ्चालन गर्ने भएको छ ।

यही ११ मे बाट शुरू भई ३० जुन सम्म चल्ने गरी सदस्यता बढाउने अभियान चलाउन लागिएको हो ।

न्याभले साधारण सदस्यताको लागि १० डलर र आजिवन सदस्यताको लागि १०० डलर शुल्क ताकेको छ । जसमा विद्यार्थीहरुको लागि साधारण सदस्य बन्न ५ डलर शुल्क तोकिएको छ ।

अध्यक्ष प्रेम राज उप्रेतीले स्थापनाकाल देखिनै न्याभले भिक्टोरियामा रहेका नेपालीहरुलाई प्रत्यक्ष रुपमा प्रभाव पार्ने कामहरु गर्दै आइरहेको भन्दै न्याभको संगठन ठूलो बन्नु पर्नेमा जोड दिए ।

”हामीले यहाँको स्थानीय, प्रदेश र संघीय सरकारसामू नेपालीको पहुँच पुर्याउनको निम्ती काम गरिरहेका छौं, त्यसकारण पनि न्याभको संगठन बलियो हुन जरुरी छ”, उनले भने । उनले संगठन बलियो हुनको निम्ती सदस्यको संख्या पनि धेरै हुनुपर्ने उनले बताए ।

न्याभले यही जुलाईमा नयाँ कार्यकालको लागि अधिवेशन गर्ने तयारी गरेको छ ।

१९९७ सालमा स्थापना भएको न्याभले स्थापनासँगै नेपाली भाषा , कला, संस्कृतिको संरक्षण तथा प्रबर्द्धन गर्दै आएको छ । हरेक बर्ष न्याभ कप, सकर प्रतियोगिता, बाल दिवस, नेपाली पर्वहरु मनाउँदै आएको न्याभले हाल ५ वटा भाषा विद्यालय, मेलवर्न चौतारी रेडियो कार्यक्रम चलाउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय