नेपलिज गल्फर एशोसियसन न्यू साउथ वेल्सको गल्फ लिग २०२४ जारी

सिड्नी । नेपाली गल्फरहरुको संस्था नेपलिज गल्फर एशोसियसन न्यू साउथ वेल्स अस्ट्रेलियाले आयोजना गरेको गल्फ लिग २०२४ जारी रहेको छ । एशोसियसनले विभिन्न विधामा चरणबद्ध रुपमा गल्फ लिग सञ्चालन गरिरहेको छ । जम्मा ८ वटा विद्यामा खेलाईने उक्त लिग मध्ये यही अप्रिल २१ तारिखमा सम्पन्न लिगको तेश्रो खेलमा विभिन्न देशका प्रवासीहरु सम्मिलित २३ जनाले सहभागीता जनाएको थिए । जसमा ३७ अंकका साथ मिलन श्रेष्ठ प्रथम भएका छन् । भने बराबरी अंक (पछाडीका आधार खेलको अंकको आधारमा) दिपक पहारी द्धितिय भएका छन् ।

ईस्टेबल फोडको आधारमा खेलाईएको उक्त खेलमा नियरेष्ट अफ त पिन उसली नवाकटाबुले जिते भने लंगेस्ट ड्राईभ प्रणब मैनानीले हात पारे । प्रतियोगीतामा विजयी खेलाडीहरुलाई अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यका निवर्तमान अवैतानिक महावाणिज्यदूत दिपक खड्काले पुरस्कार वितरण गरेका थिए । सो अवसरमा बोल्दै खड्काले प्रवासमा रहेर पनि नेपालीहरुबीच एक आपसमा यस किसिमका प्रतियोगीताहरु आयोजना हुनु भातृत्वको विकास संगै अन्य देशका खेलाडीहरुसंग पनि एक आपसमा कला संस्कृती साटासाट गर्ने अवसरको रुपमा रहेको बताए ।

उनले यस्ता प्रतियोगीताहरु आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गर्दै आयोजकलाई धन्यवाद व्यक्त गरे । कार्यक्रममा नेपालबाट आएका विशेष अतिथि एवम् गल्फर नारायण पहारीले सबैलाई धन्यवाद व्यक्त गर्दै पोखरामा रहेको हिमालयन गल्फ कोर्स तथा उपल्लो मुस्ताङमा खेल्न सबैलाई निमन्त्रणा गरे । आयोजकको तर्फबाट सुदिप बास्तोलाले लिगको प्रायोजक क्राउन ईन्स्टिच्यूट अफ हाईयर एजुकेशनलाई विशेष धन्यवाद व्यक्त गर्दै अबको चौँथो खेल मे २६ मा गज्रर रिभर गल्फ कोर्स न्यू साउथ वेल्समा हुने जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय