गण्डकीमा राप्रपा तटस्थ बस्ने भएपछि मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत नपुग्ने

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने सम्बन्धमा राप्रपा तटस्थ बस्ने भएको छ ।

आज मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदैछन् । राप्रपा सचेतक विन्दु पहाडीकाअनुसार विश्वासको मतका सम्बन्धमा पार्टी तटस्थ बस्ने भएको हो ।

राप्रपाले मत नदिए अधिकारीलाई बहुमत पुग्दैन । ६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ३१ सिट चाहिन्छ ।

अधिकारीका पक्षमा एमालेका २२, माओवादीका सभामुखबाहेक ७ जना र स्वतन्त्र सांसद एकजनाको समर्थन छ । प्रतिपक्षी कांग्रेससँग २७ सीट छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय