मेलवर्न । नेपाली संघ भिक्टोरियाले ‘मदर्स डे’को अवसर पारी भिक्टोरियामा रहेका आमाहरु सहभागि गायन प्रतियोगिता सम्पन्न गरेको छ । १२ मेको दिन मदर्स डेको अवसरमा न्याभले आमाहरुको गायन प्रतियोगिता (मेलोडिक मम) सम्पन्न गरेको हो ।
८ आमाहरुको सहभागिता रहेको उक्त प्रतियोगितामा कुन्ता भट्ट प्रथम, गोमा कोइराला द्वितिय, ऋतिका भट्ट तृतिय भएका छन् । उत्कृष्ट हुने तीन जना आमाहरुहरुलाई क्रमश २ सय डलर, १५० डलर र १०० डलरको दरले नगद पुरस्कार तथा अन्य सहभागि आमाहरु पुष्पा चुँडाल कंडेल, जमुना अधिकारी रिजाल, विनिता गौतम केसी, सुजता श्रेष्ठ, अनु कोइराला रेग्मीलाई ५० डलरको गिफ्ट कार्ड भौचर प्रदान गरिएको कार्यक्रम संयोजक प्रिया गौतमले जानकारी दिइन् ।
अनलाइन मार्फत सम्पन्न भएको गायन प्रतियोगितामा भिक्टोरियामा रहेका आमाहरुले सहभागिता जनाउन आह्वान गरिएको थियो । आराज केशवले सहभागि आमाहरुको गायन प्रस्तुतीको मूल्यांकन गरी प्रथम, द्वितिय र तृतिय घोषणा गरेका थिए । सो अवसरमा न्याभ कार्यसमिति सदस्य निराजन रेग्मीले आमा शिर्षकमा कविता वाचन गरेका थिए ।
न्याभका अधयक्ष प्रेम राज उप्रेतीको अध्यक्षता रहेको कार्यक्रमको सन्चालन सचिव आलोक पौडेलले गरेका थिए ।