नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान अस्ट्रेलियाद्वारा सिडनीमा कवितावाचन प्रतियोगिता

सिड्नी । नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान अस्ट्रेलियाले कबिता बाचान प्रतियोगिता सम्पन्न गरेको छ । प्रतिष्ठानले मे ५ तारिख बार्थास्टमा उक्त कार्यक्रम गरेको हो । नेपाली संस्कृती र साहित्य प्रर्वद्धनमा लागिरहेको संस्थाले कला संस्कृति तथा साहित्य प्रती लगाब तथा माया र मोह बढाउन यस्तो कार्यक्रम आयोजना गरेको अध्यक्ष सुजता बस्नेत केसीले बताईन् ।

कार्यक्रममा उपस्तितहरुले नेपालीपन र नेपालको माया प्रकट गर्दै विभिन्न कला कौशलता प्रदर्शन गरे । यसरी उनीहरुको प्रतिभाको आधारमा पुरस्कृत समेत गरिएको थियो । कार्यक्रममा विभिन्न सघं संस्थाका लब्धप्रतिष्ठ व्यक्तिहरु, विद्यार्थी तथा तिनका अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा अभिभावहरुले यस्ता नेपाली प्रतियोगीताले प्रवास रहेका नेपाली हरुमा अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गर्न र नेपाल प्रतिको माया र सदभाव जोगाउन महत्वपूणर् भुमिका खेल्ने बताएका थिए । सन् २००९ मा स्थापना भएको प्रतिष्ठानले तीज कार्यक्रम, भानु जयन्ति कार्यक्रम तथा मल्टिकल्चलर कार्यक्रमहरु गर्दै आएको छ । वालवालिकाहरुलाई लक्षित गरि आर्ट प्रतियोगिता भने पहिलो आयोजना गरेको हो । प्रतिष्ठानले भानु जयन्तीको अवसरमा विभिन्न उत्कृष्ट श्रष्टालाई सम्मान गर्दै आईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय