डार्विनको नेपाल फेष्टिभलका सरकारद्वारा २ लाख डलरभन्दा बढी सहयोग

डार्विन । डार्विनमा आयोजित नेपाल फेस्टिभल मनाउन नर्दन टेरेटोरी सरकारले २ लाख १० हजार ८०९ अष्ट्रेलियन डलर आर्थिक सहयोग गरेको छ ।

तीन वर्षमा खर्च गर्नुपर्ने सर्तसहित नेपाली उत्सव मनाउनको लागि राज्य सरकारले उक्त रकम सहयोग गरेको एनआरएनए अष्ट्रेलियाले जनाएको छ । राज्य सरकारको उद्योग पर्यटन तथा व्यापार विभागले कम्युनिटी बेनिफिट ग्रान्ट अन्तर्गत उक्त रकम प्रदान गरेको एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष एवं नर्दन टेरिटोरी राज्य संयोजक सञ्जीव ढकालले बताए ।

जुन १ तारिखमा आयोजना गर्न लागिएको नेपाल फेस्टिभलका लागि ७० हजार ८०९ अष्ट्रेलियन डलर र थप ३० हजार डलर सहयोग आएको छ। यस बाहेक थप दुई वर्षका लागि ७०–७० हजार अष्ट्रेलियन डलर अनुदान प्राप्त भएको हो ।

एनआरएनएले उक्त रकम अष्ट्रेलियामा नेपालीहरुलाई प्राप्त सरकारी अनुदानमा ठूलो मध्येको एक रहेको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय