मेलवर्न । पछिल्लो समय निकै चर्चा कमाएको नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ तथा यसमा सम्मिलत ‘बुझिन मैले’ शीर्षकको गीतको तारिफको वीच यसका निर्माता केकी अधिकारीसँग मेलवर्नमा अन्तरक्रिर्यात्मक कार्यक्रम हुने भएको छ ।
लिबरल फ्रेन्ड्स अफ नेपाल भिक्टोरियाद्वारा सहजीकृत उक्त कार्यक्रम यही १८ जुन साँझ साढे ५ बजेदेखि थर्नबरीस्थित द सोभरेन हलमा हुने कार्यक्रमका संयोजक टोनु घोथानेले जानकारी दिए ।
उक्त अवसरमा केकीसँग प्रश्नोत्तर सहित ‘बुझिन मैले’ शीर्षकको गीतमा नृत्य हुनेछ । उत्कृष्ट ३ जनाले आकर्षक पुरस्कार समेत प्राप्त गर्ने घोथानेले बताए । यतिमात्र नभएर कवि लक्ष्मण सन्ज्यालका कविताहरु, गायिका रोजीना तामाङ्को सांगीतिक प्रस्तुती, कन्जय पोखरेलको हास्यव्यंग्य, सिमरन आचार्यको उद्घोषण तथा डान्सर लुनिभा कार्कीको नृत्य प्रस्तुती रहने जनाइएको छ ।
कार्यक्रम सफल बनाउन दर्जनौं व्यावसायिक संघ संस्थाहरुले सहयोग गरेका छन् । कार्यक्रममा सहभागि हुन चाहनेहरुले इभेन्टब्राइटमा केकी अधिकारी सर्च गरेर टिकट लिन सक्ने आयोजकले जनाएको छ ।