काठमाडौं ।‘धुर्मुस सुन्तली साँझ’ कार्यक्रम युरोपका बिभिन्न देशमा हुने भएको छ ।
धुर्मुस सुन्तली ‘चौतारी ईभेन्टस’ को आयोजनामा आगामी जुलाई १ (असार १७) देखि युरोपका बिभिन्न देशहरुमा ‘धुर्मुस सुन्तली साँझ’ कार्यक्रम भव्य रुपमा हुने कुञ्जना घिमिरे सुन्तलीले सामाजीक सन्जलमार्फत बताएकी हुन् ।
यी दुई जोडी पहिलो पटक कार्यक्रम प्रस्तुत युरोप भ्रमणमा जाने भएका हुन् । धुर्मुस सुन्तलीसँगै कार्यक्रममा गायक तुलसी शिवाकोटीको पनि बेजोड प्रस्तुती रहने छ ।
सामाजिक सन्जालमार्फत सुन्तलीले उक्त कार्यक्रमको सोभा बढाइदिन युरोपमा बस्दै आइरहेका सम्पूर्ण नेपालीहरु उपस्थिति हुनेमा विश्वास व्यस्त गर्दै आग्रहसमेत गरेकी छिन् । साथै फिन्ल्यान्डमा रहेका मुरारी भण्डारीले कार्यक्रमको भव्य तयारी भइरहेको बताएका छन् ।