‘न्याभ एक्सिलेन्स अवार्ड’को लागि नोमिनेशन भर्ने आज अन्तिम दिन

मेलवर्न । नेपाली संघ भिक्टोरिया (न्याभ)द्वारा हरेक दुई बर्षमा आयोजना हुने ‘न्याभ एक्सिलेन्स अवार्ड’ यस बर्ष पनि हुँदैछ ।

उक्त अवार्डको लागि नोमिनेशन भर्नको निम्ती विहिबार अर्थात आज अन्तिम दिन हो ।

अष्ट्रेलियाको नेपाली समुदायलाई सकारात्मक रुपमा प्रभाव पार्ने गरी योगदान दिएका व्यक्तिहरुलाई अवार्डको निम्ती नोमिनेशन गर्न न्याभले आह्वान गरेको छ ।

न्याभले कुल १६ विधामा यसपटक अवार्ड प्रदान गर्दैछ । यसरी विभिन्न विधाहरुमा आफ्नो इच्छा व्यक्त गर्ने व्यक्तिहरुले न्याभ अवार्ड समितिले अवार्डको निम्ती मनोनित गर्ने अध्यक्ष प्रेमराज उप्रेतीले जानकारी दिए ।

२१ जुलाईमा एपिङ्ग मेमोरियल कम्युनिटी हलमा विहान ९ बजेदेखि २ बजेसम्म उक्त न्याभ एक्सिलेन्स अवार्ड हुन लागेको छ ।

हरेक दुई बर्षमा एक विशेष समारोहका साथ न्याभले नेपाली समुदायमा योगदन दिने व्यक्तिहरुलाई अवार्डसहित सम्मान गर्दै आएको छ ।

अवार्डको निम्ती नोमिनेशन दिन चाहनेहरुले तल दिइएको गुगल लिंकमा गएर आफ्नो विवरण भर्न सक्नेछन् ।

https://forms.gle/HaHcG8vPHmRQ9a4J9 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय