एनआरएन अष्ट्रेलियालाई न्यूसाउथवेल्स सरकारद्वारा एक लाख डलर अनुदान

सिड्नी। गैरआवासीय नेपाली संघ (एनआरएनए)लाई न्यू साउथ वेल्स सरकारले १ लाख डलर अनुदान प्रदान गरेको छ ।

एनआरएनए प्रवक्ता बबिन मिश्रले प्रेस रिलिज जारी गर्दै सरकारबाट प्रतिबद्धता व्यक्त गरिएको तर प्राप्त गर्न बाँकी रहेको एक लाख डलरको अनुदान सोमबार प्राप्त गरेको जनाएका छन् ।

उक्त रकम मेरिल्याण्डमा बन्न लागेको सामुदायिक केन्द्रको निम्ती प्राप्त भएको जनाइएको छ । उक्त सहयोग प्रदान गदैै न्यूसाउथवेल्सका बहुसंस्कृति मन्त्री स्टीभ काम्परले एनआरएनएलाई सामुदायिक भवनको निम्ती बधाई समेत दिएका छन् ।

एनआरएनएले सिड्नीमा केही दिन अघि आफ्नो कार्यालय स्थापना गरेको थियो । उक्त कार्यालय उद्घाटन कार्यक्रममा प्रिमियर क्रिस मिन्स सहभागी भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर