भिक्टोरियाको लागि गौली र न्यूसाउथवेल्सको निम्ती शर्मा वाणिज्य दूत नियुक्त

मेलवर्न । नेपाल सरकारले अष्ट्रेलियाको भिक्टोरिया र न्यू साउथ वेल्स राज्यको निम्ती अवैतनिक वाणिज्य दूतहरु नियुक्त गरेको छ ।

भिक्टोरियाको लागि निरन्जन गौली र न्यू साउथवेल्सको निम्ती सञ्जीवकुमार शर्मालाई अवैतनिक वाणिज्य दूतको रुपमा नियुक्ती दिइएको हो ।

यसअघि सिड्नीको लागि दिपक खड्का तथा भिक्टोरियाको लागि चन्द्र योन्जनले अवैतनिक वाणिज्य दूतको रुपमा सेवा गरेका थिए ।

नयाँ नियुक्तीसँगै गौली र शर्मालाई अष्ट्रेलियाको नेपाली समुदायले बधाईसहित सफल कार्यकालको शुभकामना दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय